काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीका क्रममा फोहोर भएको भन्दै महानगरले राप्रपालाई उक्त जरिवाना गराएको हो ।
आइतबार पोखराबाट अपराह्न त्रिभुवन विमानस्थल आइपुगेका शाहको स्वागत राप्रपा, राप्रपा नेपाल सहितले गरेका थिए ।