काठमाडौं । नेपाली कांग्रेसले “मिसन रोजगारु” अभियान आजदेखि सुरु गर्ने भएको छ । उक्त अभियानको दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक उद्घाटन हुँदै छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार- सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारु’ अभियान सञ्चालन गर्न लागेका हुन् । यो अधियान एक वर्षसम्म सञ्चालन हुनेछ।