सुर्खेत। सञ्चारिका समूह कर्णाली प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ। शनिबार वीरेन्द्रनगरमा आयोजना गरिएको अधिवेशन बाट सीता वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
१३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष मा कृष्णमाया उपाध्याय (जुम्ला), महासचिव मा सिर्जना बुढाथोकी (सुर्खेत), सचिवमा रजनी योगी (दैलेख) र कोषाध्यक्ष मा कोमल शाही (सुर्खेत) चयन भएका हुन् । यस्तै सदस्यहरुमा अनिता बि.क (सुर्खेत), सरस्वती गिरी (जाजरकोट), सरीता चलाउने (सल्यान) , सोनिया मल्ल (रुकुमपश्चिम) लगायत चयन भएका छन् ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माको प्रमुख आथित्यतामा पत्रकार महासंघ सुर्खेत जिल्लाका अध्यक्ष सुशील राज शर्मा, सञ्चारिका समुहका सल्लाहकार टीका विष्ट लगायतको उपस्थिति रहेको थियो।