सुर्खेत। सुर्खेत विमानस्थलमा यती एयरलाइन्सको परीक्षण उडान सफल भएको छ । काठमाडौं–सुर्खेत उडान गर्न शनिबार एयरलाइन्सले परीक्षण उडान गरेको हो।
शनिबार बिहान १२ः१७ बजे यतीको विमान सुर्खेत विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए। बर्तौलाका अनुसार उडान परीक्षणका लागि ७२ सिटे एन नाइन एएमएन कलसाइन भएको जहाजले काठमाडौं –सुर्खेत र सुर्खेत–काठमाडौं उडान भरेको बताए।
परीक्षण उडानमा नेपाल नागरिक उडड्यान प्राधिकरण का प्राविधिकसहितको टोली र एयरलाइन्सको प्राविधि टोली थियो। इन्ट्रक्टर पाइलट क्याप्टेन समर्थ रत्न तुलाधर र क्याप्टेन राजु राजवंसीले उडान भरेका थिए।परीक्षण उडानको रिर्पोट आएपछि रिर्पोटको आधारमा दुई-तीन दिनमा उडान थाल्ने एयरलाइन्सको तयारी रहेको बताए।