यातायात सेवामा हुम्लाको सुबिधा सम्पन्न मानिएकाे ताजाकाेट गाउँपालिका भित्रका १७ वटा बिद्यालय संचालन हुँदै आएका छन् । जसमा चार मा. बि , दुई निम्नमाध्यमिक र अरु प्रबि बिद्यालय छन् । फागुन दुई गते बाट बिद्यालय खुल्ला भएकाे र करिब १५ गते बाट शैक्षिकसत्र सुरु भएर पढाइ संचालन भएकाे भए पनि ।
ताजाकाेट गाउँपालिकाले अहिले सम्म बिद्यार्थीकाे हातमा नयाँ पाठेपुस्तक नपुगाएकाे गुनासाे आएकाे छ । शैक्षिकसत्र सुरु भएकाे भएपनि गाउँपालिकाले पठेपुस्तक ल्याउन त्यति चासाे नदिएकाे देखिदै आएकाे छ । बिद्यालयमा पाठेपुस्तक नहुदा पढाइ गर्न समस्या भएकाे देखिन्छ। उक्त गाउँपालिका नेपालगन्ज र सुर्खेत बाट एक दिनमै यातायात पुग्छन् ।
गाउँपालिका राष्ट्रिय सडक सँग जाेडिएकाे छ । त्यसभन्दा माथिका राष्ट्रिय सडक सँग नडाेडिएका गाउँपालिकामा पाठेपुस्तक पुगेर पढाइ संचालन भएकाे भएपनि उक्त गाउँपालिकाले बिद्यार्थीकाे बेवास्ता गरेकाे देखिन्छ । बिद्यार्थी नयाँ पठेपुस्तक नहुदा पुरानाे पाठेपुस्तक बाट काम चलिरहेकाे देखिदै आएकाे छ ।
उक्त गाउँपालिका अध्यक्ष लालकेश जैसिलाई बुझ्दा याे बिषयमा त्यति कुरा नगरेर पाठेपुस्तक पुगेकाे या नपुगेकाे दाेधमा भएकाे जस्तो गरेर फन काट्नु भाे । यता शिक्षा बिकास तथा समन्वय एकाइ प्रमुख याेगेश मगरलाई बुझ्दा शिक्षा शाखाकाे फन नउठेकाे जनाए ।
शैक्षिकसत्र सुरु भएकाे करिब एक महिना पुग्न लाग्दा पनि नयाँ पाठेपुस्तक नल्याउनु गाउँपालिका दाेसि देखिन्छ । यसमा बिद्यार्थीकाे जीवन माथि खेलबाड गरेकाे साेत हाे । यसमा सरकार वाला निकायाकाे ध्यानाकर्षण हाेस् ।