३ हजार ८ सय ४१ विद्यार्थी मध्यपश्चिम विश्वविद्यालय बाट दीक्षित

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोह सम्पन्न भएको छ। शुक्रबार उक्त समारोहका अवसरमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ३ हजार ८ सय ४१ विद्यार्थीलाई दीक्षित गरेका हुन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगरस्थित कुईनेपानीमा आयोजित समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामाजिकशास्त्र लगायत संकायबाट सफलता हासिल गरेका विद्यार्थी दीक्षित भएका हुन्।

जसमा, स्नातक तहमा २ हजार १ सय ८९ विद्यार्थी, स्नातकोत्तर तहका १ हजार ६ सय ६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ गरी ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

शैक्षिक कार्यक्रम सुरु गरेको १२ वर्षमा विश्वविद्यालयले शुक्रबार तेस्रो दीक्षान्त समारोह गरेको हो ।