स्थानीय सरकार बाट जिम्मा पाएका ब्यक्तिकाे लापरबाहीले जिल्लाकाे दाेस्राे ठुलाे सर्केगाड बजार अनुगमकाे पर्खालमा

सदरमुकाम सिमकाेट पछिकाे दाेस्राे ठुलाे मानिएकाे मध्य क्षेत्रकाे सर्केगाड गाउँपालिकाे सर्केगाड बजार अनुगमनकाे पर्खाइमा रहेकाे छ । जिल्लाकै दाेस्राे ठुलाे बजार मानिएकाे सर्केगाड बजारमा स्थानीय सरकार बाट अनुगमनकाे जिम्मा पाएका जिम्मेवार ब्यक्ति पनि यसमा पछिनै परेकाे देखिन्छ ।

बजारमा विभिन्न ब्यबसाय संचालन हुँदै आएका छन् । हरेक ब्यबसाय हेर्ने हाे भने कति पए दर्ता बिना संचालन हुँदै आएका छन् भने त्यस्तै बजार लथालिङ्ग तरिकाले संचालन हुँदै आएकाे देख्दा स्थानीय आक्राेसित भएका छन् । बजारमा ठुला पसल देखि लिएर साना पसल त्यस्तै ठुला मासु पसल देखि साना मासु पसल त्यस्तै संचालन हुँदै आएका छन् ।

यी ब्यबसाय बाट सेवा लिने उपभोक्ताकाे हक हितकाे लागि गाउँपालिका उपाध्यक्षलाई प्रमुख ताेकिएकाे भएपनि त्यसकाे बिषयमा कुनै चासाेनै नराखिएको देखिएकाे छ । यसले गर्दा गाउँपालिका लाई राजस्व पनि घाटा लागेकाे देखिन्छ । उक्त बजार बाट दैनिक जसाे उपभोक्ताले म्याद गुर्जिएकाे पेप्रदाथ,त्यस्तै दैनिक भान्सामा प्रयाेग हुने सामाग्री प्रयाेग गर्दै आएकाे भएपनि त्यसमा सरकारवाला निकाएकाे चासाे नदेखिएकाे हुदा याे समस्या देखिएकाे छ ।

त्यस्तै खानलाई याेग्य छ या छैन भन्ने कुरा उपभोक्तालाई थाहा नहुने र ब्यापारीले त्यस्ता सामान बिक्री गर्ने भएपनि त्यसमा कसैले खबदारी नगरेकाे देखिन्छ । मासुजन्य प्रदाथ कस्तो खानलाई लाइक छ कस्तो खान लाई लाइक छैन् भन्ने उपभोक्ता लाई थाहा नहुने त्यस्तै ब्ययापारीलाई पनि थाहा नभएर बिक्री गरेने गरेकाे देखिन्छ । यसमा जनचेतनामूलक संदेशकाे प्रचारप्रसार भएपनि त्यसमा खबरदारी उठाउने भेटिन्थे ।

त्यसमा पनि कसैकाे ध्यान जान सकेन । यता उक्त गाउँपालिका उपाध्यक्ष देबकि तिमिल्सिना लाई बुझदा अनुगमन प्रमुख हु तर उपाध्यक्षमा निर्बाचित भएकाे तीन महिना मात्र भयाे भनेर आलटाल गरेकाे देखिन्छ । उनले पुन भन्निन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नआयकाले पनि राेकियाे भन्ने जस्ता जफब फर्किइन,। अनुगमन र उपभोक्ताकाे हकहित र बजार ब्यवस्थापन गर्न नसमयले राेकिन्छ नत प्रमुख प्रशासकीयले राेकिन्छ।

तीन महिना भन्दा केही दिन बडि भएकाे हुदा पनि बजार ब्यबस्थापनमा ध्यान नगएकाे देखिन्छन् । बजार हेर्दा लथालिङ्ग भएकाे प्रष्ट छ । यसमा सम्बन्धित जिम्मेवार ब्यक्तिलाई प्रश्न जान्छ ? । अझै अनुबुति नरेकाे देखिन्छ । यसमा सरकारवाला निकायाकाे ध्यान जान जरुरी सँगै बजार ब्यबस्थापन गर्न प्रष्ट देखिन्छ ।