संघिय सदनका दुवै सभा बैठक बस्दै

काठमाडौँ । संघिय सदनका दुवै सभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् सचिवालयले दिउसो १ बजे बस्ने गरि प्रतिनिधि सभा र १ बजेर १५ मिनेटमा बस्ने गरि राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची तयार गरेको छ ।

प्रतिनिधि सभा वैठकमा “नविकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धि विधेयक, २०८१” माथि विचार गरियोस् भन्ने प्रस्ताव उर्जा जलस्रोत तथा सिचाँई मन्त्री दिपक खड्काले प्रस्तुत गर्ने कार्यसुची छ। साथै राष्ट्रिय मानव अधिकार आयोगको २४ औ वार्षिक प्रतिवेदन आ.व २०८१/०८१ प्रधानमन्त्री केपि शर्मा ओलीले पेस गर्ने छन्।

यता राष्ट्रियसभा वैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र युवा तथा खेलकुद विकास मन्त्रालयसँग मौखिक प्रश्नोत्तर कार्यक्रम छ। भने राष्ट्रिय सुरक्षा परिषदको आ.व २०७९/०८० छैटौं वार्षिक प्रतिवेदन प्रधानमन्त्री ओलीले सभा समक्ष पेस गर्ने छन्। साथै विधायन व्यवस्थापन कार्य पनि दैनिक कार्यसुचीमा उल्लेख छ।