प्रधानमन्त्री ओली सुर्खेत आउँदै

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत आउन लागेका छन् । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन ओलि सुर्खेत आउन लागेका हुन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय वीरेन्द्रनगरस्थित कुईनेपानीमा बिहान ११ः३० बजे दिक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि दिउँसो २ बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने छन् ।

वीरेन्द्रनगर-१० सानाे सुर्खेतस्थित विश्वविद्यालयको इन्जिनियरिङ भवन ३ बजे उद्घाघाटन गर्ने र अपराह्न ४ बजे कर्णाली प्रदेश रंगशालाकाे अवलोकन गरी प्रधानमन्त्री काठमाडौं फर्किने कार्यक्रम छ ।