पाँच अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट विभिन्न पाँच अध्यादेश स्वीकृत भएका छन् । बिहीबार बसेको बैठकले सबै अध्यादेश बहुमतले स्वीकृत गरेको हो।

यसअघि बुधबार प्रतिनिधिसभा बैठकले पनि सबै अध्यादेशहरू स्वीकृत गरिसकेको छ ।