स्ववियु निर्वाचनका लागि ३ सय ९४ विद्यार्थी नामावली प्रकाशन

हुम्ला। स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि मानसरोबर बहुमुखी क्याम्पसले विद्यार्थीको नामावली प्रकाशन गरेको छ । स्ववियु निर्वाचन कार्यतालिका अनुसार बुधबार नामावली प्रकाशन गरेको हो।

स्नातकोत्तर पहिलो बर्षका लागि २३, दोस्रोमा २४ र चौथोमा ४२ जना गरी जम्मा ८९ विद्यार्थी छन् । यता स्नातक पहिलो बर्ष शिक्षा संकायमा ५२, दोस्रोमा आर्टतर्फ ३५ र शिक्षा संकायमा ११३, तेस्रोमा आर्टतर्फ १० र शिक्षा संकायमा ४९ विद्यार्थी छन् भने चौथो बर्षका लागि आर्टमा ३ र शिक्षा संकायमा ४३ जना गरी जम्मा ३०५ विद्यार्थी छन्।

स्नातक र स्नातकोत्तर गरी जम्मा ३९४ विद्यार्थीको नामावली प्रकाशन गरेको हो । स्ववियु चुनाव चैत्र ५ गतेको लागि निर्धारण गरेको छ।