गाउँपालिकाकाे लापरबाहीले बिद्यार्थीले ठेकेदार बाट किताब आफै किनेर पढ्दै

oplus_1024

हुम्लाको मध्य क्षेत्रमा रहेकाे सर्केगाड गाउँपालिका भित्रका सम्पूर्ण बिद्यालयका बिद्यार्थी किताब किन्दै अध्यनरत गर्दै आएका छन् । नेपाल सरकारले बिद्यार्थीलाई निसुल्क किताब वितरण गर्ने भएपनि गाउँलिकाले आर्थिकमा बेवास्ता त्यस्तै बिद्यार्थीकाे जीवन माथि खेलबाडले गर्दा सम्पूर्ण बिद्यालयका बिद्यार्थीले आफ्नाे घर बाट पैसा ल्यायर किताब किन्दै अध्यान गर्दै आएकाे सर्केगाडकै हिम्जाेति माध्यमिक बिद्यालयमा कक्षा १०मा अध्यान छात्र नारायण हमालले बताए ।

छात्र हमालका अनुसार बिद्यालय संचालन भइ सकेकाे छ , तर हातमा नेपाल सरकारले निसुल्क दिदै आएकाे किताब छैन् । गाउँपालिका शिक्षा शाखाले किताबकाे कुनै वास्तननै नगरेपछि बिद्यालयका शिक्षकले अब आफै किताब किन्नु पर्छ भने पछि किताब किनेकाे जनाए । यता बजारमा किताब ढुवानी भएर आएकाे धेरै भएपनि गाउँपालिकाले बिद्यार्थीलाई किताब दिन कुनै सुरसारनै नगरेपछि बिद्यालयमा अध्यनरत बिद्यार्थीले आफै किन्नु परेकाे अर्का कक्षा छ मा अध्यारत नरेश सार्किले बताए ।

गाउँपालिकामा भएका सबै बिद्यालयमा बिद्यार्थीले किताब आफै किनेका छन् । जसमा कक्षा १ ले ५ सय २१ , दुईले ५ सय ५६ ,तिनले ५ सय ८१ चारले ५ सय ९७ पाँचले ६ सय ३३ रुपियाँ हालेर किनेका छन् भने त्यस्तै कक्षा छ ले ७ सय ७ , सातले ७ सय ४८ , आँठले ८ सय ८२ रुपैयाँ परेकाे छ भने कक्षा नाैले कुल बिषयकाे ९ सय २४ त्यस्तै ओपिडि प्रथम गणित ९९ अर्थशास्त्र ७८ र दाेस्राे शिक्षा ५८ लेखा १ सय ३५ ले बिद्यार्थीले किनेका छन् भने दस कक्षाको कुल  बिषयकाे ९ सय २४ ओपिडि प्रथम गणित १ सय ११ , अर्थशास्त्र ८३ त्यस्तै दाेस्राे शिक्षा ६८ लेखा १सय ७८ परेकाे छ ।

यता हिम्जाेति माध्यमिक बिद्यालयका प्रधानध्यापक जय बहादुर धामिले भने गाउँपालिकामा लामाे समय देखि प्रमुख प्रशासकीय अधिकृत बिहिन हुदा आर्थिक काराेबारकाे अन्य उपाया नल्याउदा याे समस्य आएकाे जनाए । त्यस्तै कुनै बिद्यार्थी पुजि कम भएका पनि छन् । त्यस्ता बिद्यार्थीलाई किताब किन्न सारै समस्या भएकाे जनाए ।

गाउँपालिका अध्यक्ष ठान बहादुर राेकायालाई याे बिषयमा जानकारी लिन खाेजेकाे भएपनि फोन उड्दैन् । शिक्षा शाखा पनि बेवास्ता देखिएकाे छ । शिक्षामा लापरबाही हुदा बिद्यार्थी मर्कामा परेका छन् । यस बिषयमा सरकारवाला निकायाकाे ध्यानाकर्षण जानू जरुरी छ ।