संघिय सदनका दुवै सभाको वैठक बस्दै

काठमाडौँ ।  संघिय सदनका दुवै सभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् सचिवालयले दिउसो १ बजे बस्ने गरि प्रतिनिधि सभा र १ बजेर १५ मिनेटमा बस्ने गरि राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची तयार गरेको छ ।

प्रतिनिधि सभा वैठकमा “निकासी पैठारी विधेयक २०८१” माथि विचार गरियोस् भन्ने प्रस्ताव उद्योग वाणिज्य तथा आफुर्ति मन्त्री दामोदर भण्डारीले पेस गर्ने कार्यसुची छ। भने राष्ट्रिय सभा वैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलसँग प्रश्नोत्तर कार्यसुची छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आ.व २०८०/८१ को वार्षिक प्रतिवेदन सभा समक्ष प्रधानमन्त्रीले पेस गर्ने कार्यसुची उल्लेख छ।

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश बाहेक ५ अध्यादेश सभा समक्ष निर्णयार्थ प्रस्तुत गरिने कार्यसुची छ।