हुम्ला। मनोज बोहरा, माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि हुम्ला जिल्लामा ७ परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार यस पटकको एसईई परीक्षामा हुम्ला जिल्लाबाट १ हजार १ सय ०४ विद्यार्थी सहभागी हुनेछन् ।
नियमिततर्फ ९ सय ५० र ग्रेडबृद्धितर्फ १ सय ५४ जना विद्यार्थी छन् । त्यसमा नियमित प्राविधिक छात्रतर्फ ४१ र छात्रातर्फ ४८ जना गरि जम्मा ८९ विद्यार्थी छन् । भने साधारण छात्रतर्फ ४ सय ४६ र छात्रातर्फ ४ सय १५ जना गरि जम्मा ८ सय ६१ विद्यार्थी छन्।
तीन विद्यालयका विद्यार्थी सहभागी रहने बालमन्दिर मावि परीक्षा केन्द्रमा जम्मा १ सय ९५ विद्यार्थी छन्। जसमा नियमित छात्रतर्फ ८४ र छात्रातर्फ ७७ गरि १ सय ६१ छन्। भने ग्रेडबृद्धि छात्रतर्फ २० र छात्रातर्फ १४ गरि ३४ जना छ । त्यस्तै, छ विद्यालयका विद्यार्थी सहभागी रहने मानसरोवर नमुना मावि परीक्षा केन्द्रमा जम्मा २ सय ६ विद्यार्थी छन्। नियमित छात्रतर्फ ७२ र छात्रातर्फ ८० जना गरि १ सय ५२ हुदा ग्रेडबृद्धि छात्रतर्फ २९ र छात्रातर्फ २५ गरि जम्मा ५४ जना परिक्षार्थी रहने छन्।
हिमज्योति मावि परीक्षा केन्द्रमा चार विद्यालय का २ सय ७ जना विद्यार्थी सहभागी हुदैछन्। जसमा नियमित छात्रतर्फ १ सय ३ र छात्रातर्फ ८५ जना गरि १ सय ८८ हुदा ग्रेडबृद्धि छात्रतर्फ ८ र छात्रातर्फ ११ जना गरि १९ जना छन्। यता, कोट मावि परीक्षा केन्द्रमा दुई विद्यालय का ७० विद्यार्थी सहभागी हुदैछन्। नियमित छात्रतर्फ २९ र छात्रातर्फ ४१ छन्। सुर्योदय मावि परीक्षा केन्द्रमा चार विद्यालयका १ सय ३२ विद्यार्थी सहभागी छन्। जसमा नियमित छात्रतर्फ ५८ र छात्रातर्फ ५५ गरि १ सय १३ हुदा ग्रेडबृद्धि छात्रतर्फ ९ र छात्रातर्फ १० गरि १९ परिक्षार्थी सहभागि उल्लेख छ।
चार विद्यालयका २ सय ६ विद्यार्थी सहभागी रहेको मदनादेव मावि परीक्षा केन्द्रमा नियमित छात्रतर्फ १ सय ६ र छात्रातर्फ ९३ गरि १ सय ९९ हुदा ग्रेडबृद्धि छात्रतर्फ ३ र छात्रातर्फ ४ गरि ७ जना सहभागी रहनेछन्। भने, सीता मावि परीक्षा केन्द्रमा चार विद्यालय का ८८ परिक्षार्थी सहभागी हुदा नियमित छात्रतर्फ ३५ र छात्रा तर्फ ३२ गरि ६७ छन्। यता ग्रेडबृद्धि छात्रतर्फ ७ र छात्रातर्फ १४ गरि २१ विद्यार्थी परीक्षा दिनेछन्।
हुम्लाका ७ पालिकामध्ये एसईईमा सबैभन्दा धेरै विद्यार्थी सिमकोटबाट ४ सय १ सहभागी छन् । भने सबै भन्दा कम खार्पुनाथबाट ८८ सहभागी छन्। गत बर्ष हुम्लाबाट १ हजार १ सय ६९ विद्यार्थी एसईईमा सहभागी भएका थिए। त्यसको तुलनामा यो बर्ष ६५ विद्यार्थी संख्या कम भएको पाईन्छ। यस बर्षको एसईई चैत ७ गतेबाट सुरू हुदैछ।