चंखेली गाउँपालिका ६ वटा वडा बाट ३३३ किशोरी लाई २५ गते बाट एच पि. भि खाेप दिने

चंखेली गाउँपालिका हुम्लामा एच पि. भि.खाेप अभियान २०८१ पालिका स्तरिय खाेप समन्वय समिति , संञ्चकर्मि तथा सरकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

चंखेली गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा संचालन भएकाे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे स्वास्थ्य शाखा प्रमुख सुरविरले बताए । एच पि.भि . खाेप लगाउदा क्यान्सर लाग्न बाट बच्नको लागि नेपाल सरकारले थालनि गरेकाे हुदा हिमाली जिल्लामा पनि याे राेप अभियान सुरु भएकाे जनाए । याे खाेप मात्र नभएर अरु थुप्रै खाेप छन् ती सबै खाेप लगाउनु अतिआवश्यक रहेकाे हुदा याे अभिमुखिकरण कार्यक्रम सुरुवात गरेकाे स्वास्थ्य शाखाले जनाए छ ।

प्रमुख शाहीका अनुसार बच्चा जन्मे नियमित रूपमा लगाउने खोप जसरी नै आगामी आर्थिक बर्ष बाट याे खोप पालिकामा सम्पुर्ण खोप केन्द्रबाट नियमित रूपमा लगाइने बताए ।

अरु खाेपले बाल मृत्यु दरकम गर्ने ,कुपोषण राेक्ने, स्वस्थ राख्ने जस्ता लक्षरण कम गर्छ भने नेपाल सरकारले हिमाली जिल्ला हुम्लामा अहिले थालनी गरेकाे एच पि.भि. खाेप भनेकाे शुद्ध पाठेघरको मुखको क्यान्सर बाट बचाउने बताए ।

चेखेली गाउँपालिका छ वटा वडामा ८ वटा खाेप केन्द्र बाट कक्षा ६ देखि १० सम्म अध्यनरत ३२८ जना र १० बर्ष देखि १४ बर्ष सम्मका विधालय नजाने ५ जना गरि ३३३ जना लाई फागुन २५ गते देखि २६ गते सम्म खाेप लगाइ सक्ने भएकाे छ ।

जिल्लामा हिम्म पात र भुगलले गर्दा ठिला गरि खाेप अभियान सुरु भएकाे हाे । याे लगाउदा सस्वास्थ्यमा हरेक किसिमका दुखाइका लक्षण देखा पर्न सक्ने हुदा काेहि पनि नडराउन स्वास्थ्य शाखाले आग्रह गरिएको छ।

त्यस्तै बुधबार भएकाे अभिमुखिकरण कार्यक्रममा शिक्षा र स्वास्थ्यमा याे खाेपले राम्रो सम्बन्ध लिएकाे छ । हरेक बिद्यालयका शिक्षकले किशोरी छुट्न गएकाे भएपनि जानकारी गराउन शाखाकाे आग्रह छ । त्यस्तै अहिले याे खाेपकाे डाटा पनि बिद्यालयबाट हुने भएकाले कतै टुरुटि भए सच्याउने माैका शिक्षकलाई भएकाे शाखाकाे अनुरोध छ ।

त्यस्तै गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले भने स्वास्थ्यलाई पहिलाे प्रथामिक्तामा राख्ने लक्ष भएकाे हुदा याे खाेपकाे अभियान राम्राे चलाेस भने आसा राखेकाे र गाउँपालिसका सधैं सहयाेगमा लाग्ने त्यस्तै खाेप अभियानमा पनि हरेक वडा अध्यक्षले साथ दिन पनि गाउँपालिका अध्यक्षकाे अनुराेत छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शाहीकाे अध्यक्षतामा संचालनभएकाे थियाे। कार्यक्रममा , निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथ्वी बहादुर बुढा , छ वटै वडा अध्यक्ष , विभिन्न बिद्यालयका शिक्षक, कार्यपालिका सदस्य , स्वास्थ्यकर्मी ,स्थानीय र पत्रकारकाे सहभागीता रहेकाे थियाे ।