दुई पत्रकारको एक महिनाका लागि संसद प्रवेश पास निलम्बनमा

काठमाडौं । संघीय संसद सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेको छ । पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरू लाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै पास निलम्बन गर्नु परेको बताए। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार पत्रकारद्वयलाई एक महिना पास निलम्बन गरेको जानकारी दिए।

संसद सचिवालयले पत्रकारलाई रिर्पोटिङका लागि प्रवेश पास उपलब्ध गराउने गर्दछ। सोही प्रवेश पास महासचिव स्तरीय निर्णयबाट निलम्बन गरिएको हो ।