प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् सचिवालयले दिउसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची तयार गरेको छ ।

जसमा भूमिसम्बन्धी बाहेक सरकारले ल्याएको अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुने बताइएको छ ।