खार्पुनाथ गाउँपालिकामा फागुन २५ देखि ३६५ जना किशोरीलाई एच पि.भि खाेप लगाउने

oplus_0

खार्पुनाथ गाउँपालिका हुम्लामा एच पि. भि . खाेप अभियान २०८१ पालिका स्तरिय खाेप समन्वय समिति , संञ्चरकर्मि तथा सरकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा संचालन भएकाे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाहीले बताए । एच पि.भि . खाेप लगाउदा क्यान्सर लाग्न बाट बच्नको लागि नेपाल सरकारले थालनि गरेकाे हुदा हिमाली जिल्लामा पनि याे खाेप अभियान सुरु भएकाे जनाए । याे खाेप मात्र नभएर अरु थुप्रै खाेप छन् ती सबै खाेप लगाउनु अतिआवश्यक रहेकाे हुदा याे अभिमुखिकरण कार्यक्रम सुरुवात गरेकाे स्वास्थ्य शाखाले जनाए छ ।

स्वास्थ्य सेवा कार्यालयका तथ्यांक फोकल पर्सन दुर्गा बहादुर श्रेष्ठले बच्चा जन्मे देखि नियमित रूपमा लगाउने खोप जसरी नै आगामी आ.व. बाट यस पालिकामा सम्पुर्ण खोप केन्द्रबाट नियमित रूपमा लगाइने बताए ।अरु खाेपले बाल मृत्यु दरकम गर्ने ,कुपोषण राेक्ने, स्वस्थ राख्ने जस्ता लक्षरण कम गर्छ भने नेपाल सरकारले हिमाली जिल्ला हुम्लामा अहिले थालनी गरेकाे एच पि.भि. खाेप भनेकाे शुद्ध पाठेघरको मुखको क्यान्सर बाट बचाउने जनाए ।

खार्पुनाथ गाउँपालिका पाँच वडामा १६ वटा खाेप केन्द्र बाट कक्षा ६ देखि १० सम्म अध्यनरत ३४१ र १० बर्ष देखि १४ बर्ष सम्मका विधालय नजाने २४ जना गरि ३६५ जना लाई फागुन २५ गते देखि २८ गते सम्म खाेप लगाइ सक्ने भएकाे छ ।

जिल्लामा हिम्मपात र भुगलले गर्दा ठिला गरि खाेप अभियान सुरु भएकाे हाे । याे लगाउदा सस्वास्थ्यमा हरेक किसिमका दुखाइका लक्षण देखा पर्न सक्ने हुदा काेहि पनि नडराउन स्वास्थ्य शाखाले आग्रह गरिएको छ ।
मंगलबार भएकाे अभिमुखिकरण कार्यक्रममा शिक्षा शाखा प्रमुख ललित जंग शाहीले भने शिक्षा र स्वास्थ्यमा याे खाेपले राम्रो सम्बन्ध लिएकाे छ । त्यस्तै अहिले याे खाेपकाे डाटा पनि बिद्यालयबाट हुने भएकाले कतै टुरुटि भए सच्याउने माैका दिनुहाे भन्ने भनाइ राखे ।

त्यस्तै गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले भने स्वास्थ्यलाई पहिलाे प्रथामिक्तामा राख्ने लक्ष भएकाे हुदा याे खाेपकाे अभियान राम्राे चलाेस भने आसा राखेकाे र गाउँपालिसका सधैं सहयाेगमा लाग्ने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रावल,उपाध्यक्ष ज्ञन बहादुर सिंह, प्रमुख प्रशासकीय अधिकृत बिष्नु शाही, पाँच वटै वडा अध्यक्ष , विभिन्न बिद्यालयका शिक्षक, कार्यपालिका सदस्य , स्वास्थ्यकर्मी ,स्थानीय र पत्रकारकाे सहभागीता रहेकाे थियाे ।