मानसरोवर बहुमुखी क्याम्पस हुम्लामा स्ववियुका लागि तीन विद्यार्थी संगठन दर्ता

सिमकोट। हुम्लाको मानसारोवर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि ३ विद्यार्थी संगठनले नाम दर्ता गरेका छन् । जसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, (स्ववियु )ले ११:४१मा दर्ता  गरेको  थियो । यसै गरि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, (नेविसंघ)ले१:३० र नेकपा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) ले १:४५ म दर्ता गरेको मानसरोवर महुमुखी क्याम्पस  स्ववियुक निर्वाचन  अधिकृत तिर्थराज भण्डारीले बताए ।

त्रिभुवन विश्वविद्यालय माताहतका सबै विद्यालयहरुमा निर्वाचन कार्यतालिका आजबाट सुरु भएको छ । विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म विभिन्न संघ , संगठनको दर्ता प्रक्रिया शान्त रुपमा सम्पन्न भएको  अधिकृत भण्डारीले बताए ।

त्रिविको स्ववियु चुनाव भने चैत्र ५ गतेका लागि तोकिएको छ।