सुर्खेत । मनोज बोहरा, कर्णाली प्रदेश भित्रका सुर्खेत र जुम्ला विमानस्थलको स्तरोन्नति तथा विस्तारका लागि सरकार अघि बढेको छ । निकै लामो समयको रस्सा- कस्सी पछि उक्त विमानस्थल स्तरोन्नतिका लागि स्रोत सुनिश्चितको काम अघि बढेको हो।
फागुन ८ गते नेपाल नागरिक उड्यान प्राधिकरणले घर जग्गा अधिग्रहण र विद्यालय स्थानान्तरणका लागि १०/ १० करोड रुपैयाँ बजेट विनियोजित गरिसक्यो । भने वाँकी रकमका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पत्राचार गर्न निर्णय गरेको थियो।
सोही अनुसार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थप बजेटका लागि अर्थ मन्त्रालयलाई आइतवार पत्राचार गरेको छ।
सुर्खेत विमानस्थलको लागि १० अर्ब रुपैयाँ आवश्यक पर्नेमा ४ अर्व ९० करोड र जुम्ला विमानस्थलका लागि १ अर्ब आवश्यक पर्नेमा ४० करोड रुपैयाँ आवश्यकताको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ ।
कर्णालीमा यातायातको सीमित पहुँच रहेको अवस्थामा हवाई सेवा स्तरोन्नतिले पर्यटन, व्यापार, र स्थानीय बासीको आवागमनमा सहजताको अपेक्षा छ ।