शसस्त्र प्रहरीले हिल्सा र चिनकाे सिमानमा भएका सिमास्तम्भकाे अनुगमन

Oplus_131072

हिमाली जिल्ला हुम्लाको चिन सँग जाेडिएकाे हिल्सा नाकामा रहदै आएकाे नेपाल शसस्त्र प्रहरी बल ४४ गुल्मले हिल्सा र चिनकाे सिमानामा भएका ७ देखि ९ नम्बर सिमामा गाडिएका सिमा स्तम्भ अनुगमन गरिएकाे छ ।

लगतार दुई दिन सम्म हिउँ परेकाेले सिमानामा गाडिएका सिमा स्तम्भ तलमाथि हुने र पहिराले बगाउने भएकाले आईतवार बिहानै देखि घाम लागेकाे हुदा उक्त सिमा स्तम्भ अनुगमन गरिएकाे शसस्त्र प्रहरी निरिक्षक डम्बर बहादुर सावतले बताए ।

निरिक्षक सावतका अनुसार हिम्मपातले धेरै स्थानमा जान नसकिने भएपनि हिल्सा र चिनकाे सिमाना आसपासका सिमास्तम्भ अनुगमन गरेर सुरक्षित गरिएकाे जनाए । चार फिड हिउँ जमेकाे भएपनि उक्त सबै स्थानमा करिब तीन घन्टाकाे समय लगाएर अनुगमन गरिएकाे हाे ।

अहिले हिल्सा क्षेत्रमा निकै चिसाे भएकाे र बिहान बेलुका तापक्रम माईनेसमा झर्ने भएकाले अरु स्थानमा अनुगमन गर्न नसकिएकाे जनाए । त्यस्तै हिल्सा जाने सडक हिउले बन्द हुदा आवत जावत पनि ठप्प भएकाे छ । आज गरिएकाे सिमास्तम्भमा नेपाली झन्डा सहित करिब नाैजनाकाे टाेलीले अनुगमन गरिएकाे हाे । उक्त टाेली शसस्त्र प्रहरी निरिक्षक सावतकाे कमान्ड रहेकाे थियाे ।