कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगर सुर्खेतमा खोज पत्रकारीता सम्बन्धि तालिम सुरु भएको छ। सम्बन्ध नेपालको आयोजनामा सुरु भएको कार्यक्रम ३ दिन सम्म सञ्चालन हुनेछ। तालिमका लागि खुल्ला आवेदनबाट २५ जना प्रशिक्षर्थीको छनोट गरिएको आयोजकले बताएको छ ।
कर्णालीमा खोज पत्रकारीताको अवस्था के छ? कसरी खोज पत्रकारीतालाई प्रभावकारी बनाउन सकिन्छ ? लगायतका विषयलाई समेट्ने कार्यक्रमको मुख्य उदेश्य रहेको बताएईएको छ। कार्यक्रमको प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रि घनश्याम भण्डारीले गरेका थिए। साथै पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णु प्रसाद शर्मा, महासंघका सुर्खेत जिल्ला अध्यक्ष सुनिल शर्मा लगायतको उपस्थिति रहेको थियो।