कर्णाली काेरिडाेर छैन, बजारमा सडक छेउमा भएका तार चुड्दै ठुला सवारी साधन गुड्दै

oplus_0

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकाेट बजार क्षेत्रमा लगिएका अनावश्यक तारहरुले गर्दा सवारी साधानलाई आवत जावतमा समस्या परेकाे छ । सिमकाेट बजारकाे सडककाे तलमाथि पाेलहरुमा विभिन्न तार सुधारमुलक नलिएर लथालिङ्ग लिदा ठुला सवारी साधनलाई बजारकाे सडकमा सवार गर्न समस्या भएकाे हाे ।

बजारकाे सडक क्षेत्र तलमाथि बिधुतका पाेलमा बिधुत तार देखि अन्य नेट,फन,र सिसि क्यामराका तार लथालिङ्ग जथाभावी लिएकाे हुदा सुर्खेत र नेपालगन्ज बाट आउने ठुला मालबाहक ट्रकलाई सवार गर्न समस्या भएकाे ट्रक चालकले बताए ।

ट्रक अनुसार सडक छैन् त्यसैमा पाेलमा लगिएका काम लाग्ने वा काम नलाग्ने तारलाई ट्रकले छुएर चुडाई दिदा अझै ठुलाे समस्या हुने गरेकाे जनाए । सदरमुकाम सिमकाेट सानाे छ त्यसैमा तल्लो गाउँ देखि बजार क्षेत्रमा लथालिङ्ग पाेलमा भएका तारले ट्रक छुदा कति पए तार छुडिएर ट्रकवालाले बनाएकाे दुख्ख सुनाए ।

पाेलमा बिधुतकाे तार नछुए पनि अन्य तारलाई जगाउदा जगाउदै पनि छुएर चुडिन्छन् । बजार क्षेत्र लाग्ने बित्तिकै एक जना ट्रककाे माथि बस्नु पर्ने बाध्यता भएकाे छ । माथि बसेकाे मान्छेलाई उच्च जाेखिम हुनुका साथै अझै नेपाल ट्रफिकले देखे चिट काटि दिन्छ। बजार भएपनि सडककाे हालत उस्तै त्यसैमा बजार लथालिङ्ग भएकाे देख्दा अन्य सडक भए राम्रो हुने भएकाे ट्रक चालककाे दुख्यासाे छ ।

बजारमा राम्रो सडक छैन् जेन त्यन ठुला सवारी गुडाउनु परेकाे छ । बजार क्षेत्रकाे सडक भन्दा कर्णाली काेरिडाेर छुट्याइएको भएपनि त्याे अझै निर्माण भएकाे छैन् । निर्माण भए ठुला मालबाहक ट्रकलाई समस्याकाे समधान हुन्थ्यो ।

कर्णाली काेरिडाेरकाे जिम्मा हिल्सा सिमकाेट आयाेजनाले लिएकाे छ अझै त्यसकाे टुङ्गो लगाउन सकेकाे छैन् । विबादमा राेकिएकाे सडक बिभातमै भएकाे जस्तो छ । यसले बजारकाे सडक प्रयाेग गर्दा ठुलाे दुर्घटना हुने सम्भावना नहाेला भन्न सकिदैन । अझै लथालिङ्ग भएका तार नहटाए तार सँगै पाेल पनि बाङ्गाे तथा डल्ने सम्भावना बडि देखिएकाे बजार बसिले बताए।

दैनिकी जिल्ला बाहिर बाट ठुला मालबाहक ट्रक २०काे हाराहारी जिल्लामा भित्रिन्छन् । बजारकाे पुरै क्षेत्र सडक तलमाथि लथालिङ्ग तार छन् ।

तार हटाउन र कर्णाली काेरिडाेर संचालन गर्न स्थानीय सरकारले भुमिका निर्भाहा गर्नु जरुरी देखिएकाे छ ।