शसस्त्र प्रहरी हुम्लाको आयाेजनामा तीन बटै सुरक्षाकर्मी मिलेर आगलागीकाे कृतिम डेमाे प्रर्दशनी

oplus_0

हिमाली जिल्ला हुम्ला रहेका तीन वटै सुरक्षाकर्मीहरु मिलेर गाउँघर र वन जङ्गलमा हुने आगलागी, तथा ग्यासबाट हुने आगलागी नियन्त्रण कसरी गर्ने भन्ने बिषयमा कृतिम डेमो प्रर्दशनी गरिएको छ ।
जिल्लाकाे सदरमुकाम सिमकाेटकाे तल्लाे बजारमा रहेकाे सिमचार क्षेत्रमा डाेमाे देखिएकाे शसस्त्र प्रहरी नायव उपरीक्षक देवराज राईले बताए । नियन्त्रण र न्यूनीकरण गर्नका लागि सर्वसाधारणमा जनचेतना जोगाउनका लागि यो डेमो देखाएको शसस्त्र प्रहरी नायब उपरीक्षक राईले जनाए ।

गाउँ घर र बन जङ्गलमा हुने आगलागी नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरी बलको आयाेजनामा डेमो प्रर्दशनी गरेकाे शसस्त्र प्रहरी निरिक्षक डमर सावतले बताए । शसस्त्र प्रहरी निरिक्षक सावतका अनुसार गत माग ३० गते वसेको जिल्ला सुरक्षा समितिको बैठकले यो प्रर्दशनी गर्ने निर्णय गरेको जनाए ।

गाउँघर र बन जंङ्गलमा आगलागी त्यस्तै खाना पकाउने ग्याँसबाट आगाे लागेमा कसरी निभाउने भन्ने तरिका सुरक्षाकर्मीहरुले कृतिम डेमाे देखाएर सिकाएका थिए । आगलागी बाट मानवीय क्षेति भए कसरी उद्धार गर्ने भन्ने तरिका पनि तीन वटै तहका सुरक्षाकर्मिले देखाएका थिए ।

त्यस्तै ग्यासबाट आगाे लागेमा सामान्य तरिका बाट कसरी निभाउने भन्ने तरिका पनि सिकाएकाे थियाे । नेपाल आर्मिले बिपत तथा हिमाली भेगमा यात्र गर्दा केके चाहिन्छ र कसरी प्रयोग गरिन्छ भन्ने तरिका र सामाग्रीकाे परिचय बताएका थिए। कार्यक्रममा बाेल्ने बक्ताहरुले सुरक्षाकर्मीले मात्र नभएर स्थानीय सरकारले पनि यस्ता घटनाकाे जनचेतनामूलक संन्देश प्रभाह गर्नु जरुरी देखिएकाे बताएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, राप्रपा अध्यक्ष बिकास महत प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, सशस्त्र प्रहरी नायव उपरिक्षक राई, बराह दल गुल्म रानीवनका मेजर सन्तोस कुमार अधिकारी, राष्ट्रिय अनुसन्धान प्रमुख राजकुमार न्यौपाने, एमाले सचिव तीर्थराज बोहरा, उद्योग बाणिज्य संघका अध्यक्ष रामबहदुर भण्डारी ,पत्रकार महासंघ अध्यक्ष राजन रावत त्यस्तै विभिन्न सरकारी कार्यलयका प्रमुख, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो .