सोमबार देखि बुधवार सम्म चल्ने उक्त उत्सवको यो छैटौँ संस्करण हो । परम्परागत रूपमा हुने कचहरी वा बैठकको आधुनिक रूप स्वरुप कर्णाली उत्सव सञ्चालन गरेको आयोजक संस्थाको भनाई छ। साथै समृद्ध कर्णाली निर्माणका लागि नीति निर्मातालाई सुझाव दिइने बहसका रूपमा पनि लिइएको संस्थाका संयोजक कमलराज लम्सालले बताए ।
आईतबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक संस्था ऋति फाउन्डेसनले जानकारी गराएको छ । यो पटक १३ वटा सत्र, तीन वटा कर्णाली कन्सर्ट, तीन वटा विद्धत् प्रवचन समेत रहने बताए ।