हिमाली हुम्लामा परम्परागत रुपमा संचालन हुँदै आएकाे आरन घर लाेप हुँदै गएकाे छ । हुम्लाका विभिन्न गाउँमा फलाका भाडाकुरा बनाउने आरन १५ बर्ष यता लाेप हुँदै गएकाे सर्केगाड गाउपालिका वडा ३ उनापानीका आरन संचालन गर्दै आएका जस बिकले बताए । बिकका अनुसार समाजमा भएका विभिन्न जात मध्य बिकले फलामका भाडा र सुनारले सुन चाँदिका सामाग्री बनाउने गरे पनि अहिले आधुनिक प्रबिधि भित्रिए सँगै उक्त पेसा लाेप हुँदै गएकाे जनाए ।
समाज परिवर्तन सँगै नयाँ प्रबिधिकरण भित्रिए लगत्तै याे पेसामा आबद्ध हुने मानिस सँगै पेसा सँङकट पर्दै गएकाे देखिन्छ ।
१५ बर्ष अगाडि फलामका भाडा कुटाे,हरिया,काेदालाे,साबेल,हचाैडा जस्ता सामाग्री समाज भित्रका दलित समुदायमा बनाउने भएपनि अहिलेकाे समयमा उक्त फलामका सामाग्री बनाउने सीप नभएकाले पनि याे पेसा धरासय भएकाे देखिन्छ ।
याे पेसाले पहिला गुजारा चलाउने पेसाकाे रुपमा चिरपरिचिर भए पनि अहिले पेसा हराउदै गएकाे देख्दा चिन्ताजनक भएकाे यस्ता भडा बनाउने बताउछन् ।
त्यस्तै सुन चाँदि बाट माला,चकरि ,सिरफुल जस्ता मानिस सजावट गर्ने गाउँ घरमै आरन घरमा बनाएपनि अहिले उक्त पेसाे पनि समाजबाट लाेप भएकाे सिमकाेट वडा ७ का बाँच सुनारले बताए । उनका अनका अनुसार नयाँ प्रबिधि सँगै छिटाे छरितो र सेडिमेट पाउने भएकाले बजारिया प्रबिधि गाउँमा गएकाे हुदा याे पेसा संकटभएको जानाए ।
आरज घरबाट बनाउने फलामका भडा बजारमा रेडिमेट पाउनुका साथै गाँउमा उक्त पेसा गर्ने मान्छे नभेटिनुले याे पेसा लाेप भएकाे हाे । पहिला गाउँ घरमा आरन घर भएकाे ठाउँमा फलाम लिएर विभिन्न किसिमका भाडा ,बर्तन बनाउने र त्यसकाे बाफत अन्न बालि दिएर खुसि पर्ने परम्परा हरेकाे सम्झिदा अहिले पुरानाे जमना कता हरायाे खाेज्नु पर्ने देखिएकाे समाजका अगुवाले बताए ।
समाज परिवर्तन सँगै आर्थिककाे पछि लागेर पुरानाे याे पेसा मात्र नभएर यस्ता थुप्रै पेसा लाेप हुँदै गएकाे देखिन्छ । गाउँ घरमा यस्ता पेसाले खान लाउन पनि नपुग्ने भएकाे हुदा पनि याे पेसा हराउदै गएकाे देखिन्छ ।
यसमा स्थानीय सरकार र वडा सरकारले याे पेसा जाेगाउन उपाया खाेज्नु जरुरी देखिएकाे छ ।