सुर्खेत । नेकपा एमाले निकट पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ। “समृद्दिका लागि सन्चार; प्रेस चौतारीको आधार” भन्ने नारा सहित प्रदेश राजधानि सुर्खेतको वीरेन्द्रनगरमा शनिवारबाट सुरु भएको अधिवेशनले नयाँ प्रदेश कार्यसमिति सर्वसहमत चयन गरेको हो।
संगठनका केन्द्रीय अध्यक्ष Ganesh Basnet
पार्टी स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्न्त्री यमलाल कडेल, पार्टी स्थायी कमिटि सदस्य तथा संगठन ईन्चार्ज राजेन्द्र गौतम, पार्टी स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज गोरख बहादुर बोगटी , एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाह, संगठनका उपाध्यक्षद्वय गणेश पाण्डे, राजेश राई ,
संगठनका महासचिव हिरा लामा लगायत पार्टी तथा संगठनका प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो।
निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा प्रेमराज सिम्खडा, उपाध्यक्ष हिक्मत नेपाली समावेशी उपाध्यक्ष सीता वली,महासचिवमा ओम शाही, सचिवमा क्रमश सुरेश परियार, नौरते नेपाली, कमल बुढा, कालीबहादुर बुढा, झक्कुप्रसाद शर्मा, जगतदल विक रहेका छन् भने कोषाध्यक्षमा गीता थापा निर्वाचित भईन् । त्यसैगरि अधिबेशनबाट २६ जना सदस्यहरु पनि चयन गरिएको छ ।