सांसदको प्रश्न माथि प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघिय सदनका दुवै बैठक आज बस्ने भएका छन्। जसमा प्रतिनिधिसभाको बैठक दिउसो १ बजे र राष्ट्रिय सभा बैठक १:१५ मा  बस्ने कार्यसूचि रहेको छ। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने छन्।

यसैगरी बैठकमा सभामुख देवराज घिमिरेले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। भने गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेेख छ।