सिमकाेटमा संचालन गर्दै आएका पसल र मासु पसल अनुगमन, अनुगमन बाट बरामद गरिएको सामाग्री जलाएर नष्ट

oplus_0

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकाेटमा संचालन गर्दै आएका मासु पसल र अन्य पसल अनुगमन गरिएकाे छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलयकाे आयाेजना र जिल्ला प्रशासन कार्यलयकाे समन्वयमा अनुगमन गरिएकाे हाे ।

अनुगमन जिल्लामा संचालन गर्दै आएका सबै पसल भन्दा अनुगमन गर्नु पर्ने र यस भन्दा अगाडि पटक पटक अनुगमनमा कारबाही परेका पसल र मासु पसल अनुगमन गरेकाे उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलयका प्रमुख श्री बहादुर बिष्टले बताए ।

सदरमुकाम सिमकाेटमा दुई भागमा बिभाजन भएकाे तल्लाे बजार र माथिल्लो बजारमा रहेका र पटक पटक अनुगमन गरेकाे भएपनि अटेरि गरेर हरेक प्रक्रिया पूरा नगरेका पसल लाई अनुगमन गरेकाे प्रमुख बिष्टले जनाए । अनुगमनमा म्यादगुर्जिएका सामन, बिल, दर्ता र मासु पसलमा सफा,मासुकाे क्यालेटि आदिकाे अनुगमन गरिएकाे थियोे ।

करिब सात बटा अनुगमन गरिएकाे पसलबाट १२ हजार जतिकाे म्यादगुज्रिएको पेपर्दाथ काेक,जुस,नरिवल जुस,फ्यान्टा, कुरमुरे ,भुजा आदि र मासु पसलबाट १२ केजि बराबरकाे बंङगुरकाे मासु बरामद गरेर नष्ट गरिएकाे छ । बरामद गरेकाे सामान जिल्ला प्रशासन कार्यलयमा ल्यायर मुचुल्का उडाएर मासु गाडियाे भने अन्य सामान जलाएर नष्ट गरिएकाे छ । साेमवार गरेकाे अनुगमन सुझाव जस्तो भएपनि अब आउने अनुगमनमा सिधै कार्वाही गर्ने र जरिवाना गर्ने चेतावनी सहित अनुगमन गरिएकाे जनाएकाे छ ।

अब जुन सुकै ब्यबहारिकमा बिल बिना सामन बेच्न नपाइने नियाम लगाउने काराेबाराे देखाउने, पसलकाे नाम राख्ने , दररेट कायम गर्ने जस्ता नियाम लाउने उद्योग तथा उपभोक्ता हित संरक्षणकार्यलयले जनाएकाे छ । अनुगमन ११ बजे बाट सुरु भएकाे थियाे । अनुगमनमा स्थानीय सरकारबा प्रमुख प्रतिनिधि , पशु बिकास शाखा प्रतिनिधि , जिल्ला प्रशासन कार्यलय प्रमुख प्रतिनिधि , सुरक्षाकर्मि र पत्रकारहरुकाे सहभागीमा गरिएको थियाे ।