सदरमुकाम सिमकाेटकाे चारमिटर चाैडा सडकमा सवारी तिब्रगतिमा गुड्दै ट्रफिक भने गुमनाम जस्तै

Oplus_0

हिमाली जिल्ला हुम्लामा आन्तरिक सडक जाेडिए लगत्तै सवारी साधनकाे कमि छैन्। भित्रिएका सवारी साधनकाे तिब्रगतिले दुर्घटना हुने सम्भावना बडि देखिएकाे छ । जिल्ला सदरमुकाम सिमकाेट बजारकाे सडकमा तिब्रगतिले सवारी साधान चलाउने चालककाे कमि छैन । जिल्लामा नेपाल ट्राफिक कार्यलय स्थापना भएपनि ट्राफिक प्रहरी देख्न मुस्किल पर्दछ ।

दुर्घटना नियुनिकरण गर्न ट्राफिक प्रहरीकाे ठुलाे भुमिका भएपनि ट्राफिक कता छन् ,के गर्दै छन् त्याे कसैलाई थाहा छैन् । सदरमुकाम बाहेक अन्य सडक कच्ची छ ।त्यहि कर्चि सडकमा ट्याक्टर ,बाेलेराे जिपले ओभर लाेड लिदा दुर्घटना नहाेला भन्न सकिँदैन । त्यस्तै बजारकाे साँगुरो सडकमा तिब्रगतिले सवारी साधन चलाउदा ट्राफिकले हेरेर कारबाही गर्नु पर्ने हाे ,ट्राफिक प्रहरी नहुदा सवारी साधन साँगुरो सडकमा पनि मन परि तिब्रगतिमा चलाउदै आएकाे स्थानीय थाटाेक लामाले बताए ।

बजारकाे सडक तलमाथि हिड्दा बाटाे काड्दा बालबालिका र बृद्ध बृद्धालाई थाहा छैन् तिब्रगतिमा चलाएकाे सवारी साधनले मान्छेलाई दुर्घटना पार्ने सम्भावना देखिएकाे बजारमा ब्यवसाय गर्दै आएका सेर बहाुर शाहीले बताए । उनले भने बजारमा मात्र नभएर आन्तरिक सडक जाेडिएका गाउँमा जादा पनि क्ष्यामता भन्दा बडिलाेड हाल्नु सिट भन्दा बडी यात्रु बसाल्ने हुदा सानाे गल्तीले पनि दुर्घटना हुने देखिन्छ । ट्राफिकले भने कहिलै पनि यसकाे निगरानी गरेकाे छैन् ।

आन्तरिक सडकमा ट्याक्टरले पनि यात्रु बाेक्दै आएकाे छ । सदरमुकाम सिमकाेट देखि विभिन्न गाउँ जाने सडकमा बालुवा ,गिट्टी, माटाे ,ढुङ्गा राखेर साँगुरो बनाएकाे हुदा पनि दुर्घटना नहाेला भन्न सकिदैन । जिल्लामा ३० भन्दा बडि बाेलेराेजिप,१८ भन्दा बडि ट्याक्टर र ३० जति माेटर बाईक संचालन हुँदै आएका छन् । सदरमुकाम सिमकाेट अझै राष्ट्रिय सडकमा जाेडिएकाे छैन।