सिमकोट । नेपालपत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावत पुरस्कृत भएका छन् । प्रेश चौतारी नेपाल हुम्ला शाखाद्धारा प्रदान गरिदै आएको पत्रकारिता पुरस्कारबाट रावत पुरस्कृत हुनु भएको हो । बिगत लामो समयदेखि जिल्लामा पत्रकारिता गर्दे आएका हुम्ला जिल्ला सिमकोट गाउँपालिका– ५ निवासी रावत प्रेश चौतारीले जिल्लामा कृयाशिल पत्रकारहरुलाई प्रदान गर्दै आएको पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएको प्रेश चौतारी हुम्लाका अध्यक्ष नन्द सिंह ले बताए । सकृय रुमा पत्रकारिता गर्दे आएका पत्रकारहरुलाई यो पुरस्कार प्रदान गर्ने गरिएको र यसवर्ष महासंघ अध्यक्ष रावतवलाई यसवर्ष सो पुरस्कार प्रदान गरिएको उनले बताए |
रावत बिगत लामो समयदेखि हुम्लामा पत्रकारिता गर्दै आएकमा छन् । रावत पत्रकारिताका बिधार्थी समेत हुन । पुरस्कारको राशी पाँच हजार रहेको छ । पुरस्कृत रावतलाई नगद पुरस्कार, प्रमाणपत्र नेकपा एमाले हुम्लाका सचिव तीर्थराज बोहराले प्रदान गरेका थिए | भने प्रेश चौतारीका केन्द्रीय सदस्य रमेश ऐडीले अविर खादा लगाउने कार्य गरेका थिए ।
प्रेस चौतारीको छैटौं जिल्ला अधिबेशनको उद्घाटन सत्रमा उक्त पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत भएपछि रावतले जिल्लामा थप क्रियाशील भएर पत्रकारिता गर्ने प्रतिबद्धता ब्यक्त गरे । त्यसैगरि प्रेश चौतारी नेपालले पत्रकार बेलुमाया महतारालाई सम्मान गरेको छ । महतारातालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । महतारा प्रेश चौतारीमा आबद्ध रहँदै आएकी छन भने उहाँले रेडियो पत्रकार हुन ।