प्रेस चौतारी हुम्लाको अध्यक्षमा दाने बोहरा सर्वसहमत

हुम्ला । प्रेस चौतारी नेपाल हुम्लाको अध्यक्षमा दाने बोहरा सर्वसहमत निर्वाचीत भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) आवद्ध प्रेस चौतारी नेपाल हुम्लाको छैटौँ जिल्ला अधिवेशनबाट बोहरा सहितको नयाँ कार्य समिति चयन भएको छ ।
जसमा अध्यक्षमा दाने बोहरा, खुल्ला उपाध्यक्षमा रतन बहादुर रावत, महिला उपाध्यक्षमा बेलुमाया महतारा, सचिवमा मोहन सिंह बुढा, खुल्ला सह–सचिवमा लक्षे कामी, समावेशी सह–सचिवमा मियुर लामा, कोषाध्यक्षमा ऐटन रावल लगायत ९ सदस्यीय जिल्ला कमिटी सर्वसहमतिबाट गठन भएको छ ।
माघ २४ गते भएको जिल्ला अधिवेशनले जिल्ला कमिटीमा सर्वसहमतिका साथ कमिटी गठन गरेको अध्यक्ष बोहराले जानकारी दिइन ।