माैरिकाे महले बजार नपाउदा जिल्लाका किसान मर्कामा

oplus_1024

जिल्लामा उत्पादन भएकाे माैरिकाे महले बजार नपाउदा जिल्लाका किसान मर्कामा परेका छन् । हिमाली जिल्ला हुम्लामा माैरिकाे मह उत्पादन राम्रो भएपनि महले बजार नपाएपछि बजार ल्याएकाे मह गाउँ फर्काउनु परेकाे सिमकाेट ७ का राम सिंहले बताए । सिंहका अनुसार आफुले मात्र महकाे मुल्य नपाएको हैन जिल्लामा मह उत्पादन गर्ने सम्पुर्ण किसानकाे मर्का आफू जस्तै भएकाे बताए ।

आफुले बार्षिक पाँच सय लिटर मह उत्पादन गर्दै आएकाे छु ।त्यसले बजार नपाउदा दुई तीन बर्ष पुरानाे भएपनि थन्क्याएर राख्नु परेकाे बताए । बजारमा एक के.जि महकाे मुल्य १२ देखि १५ सय सम्म बिक्री हुन्छ तर अगिल्लाे बर्ष दुई हजार सम्म बिक्री गएकाे मह अहिले सस्तो हुदा किसानले बिक्री नगरेकाे अर्का स्थानीय किसान सार्की शाहीले बताए । उनले भने बर्षामा माैरी जाेगाउन सजिलो हुने भएपनि हिउँदमा माैरीका घार जाेगाउन धाै धाै हुन्छ ,मिहिनेत गरेकाे फल आउन छाेड्दा माैरी पालन संकटमा पर्ने गरेकाे उनकाे भनाइ छ ।

उनी संग करिव ३० घार छन् तर हिउँदमा चिसाेका कारण र माैरीलाई चाराे नहुदा बर्षेनि हिउँदमा ५ वटा जति घार खेर जाने गरेकाे जनाए । हुम्लामा माैरि पालन धेरै भएपनि माैरीकाे राेग ,चाराेकाे कुनै ब्यवस्था नहुदा बर्षेनि किसानले घारमा किरा लाग्ने , छालाे लाग्ने, चिसाेका कारण माैरी मर्ने समस्या भाेग्ने गरेकाे स्थानीय छिरिङ लामाले बताए । माैरी पालन सँगै मह बजारीकरणमा स्थानीय सरकारले जाेट दिनु पर्ने देखिएकाे छ । माैरि पालन जिल्लाका सात वटै स्थानीय तहका नागरिकले गर्दै आएकाे भएपनि उत्पादन गरेकाे महले बजार नपाउदा माैरि पालन संकटमा जानु साेभाविक देखिएकाे जिल्ला कृषि बिकास कार्यलयकाे स्रोतले जनाएकाे छ ।

आगमी दिनमा माैरि सँगै उत्पादन भयकाे महकाे बजारीकरणमा लाग्ने र किसानकाे मर्का बुझेर नयाँ कार्यक्रम ल्याउने कृषि बिकास कार्यलयले जनाए छ