सिमकोट – हिमाली जिल्ला हुम्लामा पौने २७ लाख मूल्य पर्ने खाद्यान्न बराबरको छुटमा बिक्री बितरण गरिएको छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व र चाडपर्व लक्षित कार्यक्रम अनुसार लिमिटेडले जिल्लाभर सर्वसाधारणका लागि यो खाद्यान्न छुटमा बिक्री गरेको हो । चार महिना अवधिमा २६ लाख ७५ हजार ४५० रुपैयाँ बराबर मूल्यको खाद्यान्न छुटमा जिल्लाका सिमकोट शाखा र अदानचुली गाउँपालिकाको डिपो कार्यालय श्रीनगरबाट बिक्री गरिएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले बताए । लिमिटेडले यो खाद्यान्न विशेष गरि सामाजिक उत्तरदायित्वअन्तर्गत र चाडपर्वका बेला छुट दिने नियम अनुसार हुम्ला जिल्लामा पनि छुटमा खाद्यान्न बिक्री गरिएको छ । यो अवधिमा शाखा कार्यालय सिमकोटबाट सात हजार ४३४ दशमलव २५ क्वीन्टल र श्रीनगर डिपोबाट ४५८ दशमलव ७५ क्वीन्टल चामल प्रति केजी पाँच रुपैयाँ छुटमा बिक्री भएको उनले बताए । यो खाद्यान्न गत असोज ६ गतेबाट बिक्री सुरु भएर माघ २ गतेसम्म बितरण गरिएको थियो । यसमा प्रतिकेजी ९५ नब्बे पर्ने मसिनो चामल नब्बे रुपैयाँमा बिक्री गरिएको थियो भने ७४ रुपैयाँ प्रतिकेजी पर्ने सोना मोटो चामल ६९ रुपैयाँमा बिक्री गरिएको थियो। त्यसैगरि अरुवा मोटो ६६ रुपैयाँ प्रतिकेजी पर्ने चामलको ६१ रुपैयाँमा बिक्री गरिएको थियो । त्यसैगरी, यो अविधमा प्रतिकेजी सात रुपैयाँ छुटमा छ हजार ३५० लिटर खाने तेल र पाँच रुपैयाँ छुटमा ७१ क्वीन्टल चिनी पनि सर्वसाधारणलाई बिक्री गरिएको प्रमुख अधिकारीले बताउनुभयो। तीन किसिमका खाद्यान्नमा छुट पाएपछि सर्वसाधारणले राहत महशुस गरेको उद्योग बाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताए । बिकट र हालसम्म सडक सञ्जाल नजोडिएको जिल्ला भएको कारण यस्तो छुटको ब्यवस्थालाई नियमित गर्न उनले लिमिटेडलाई आग्रह गरे ।
कर्णाली प्रदेश
ताजा खबर
विद्युतीय बीउ बिजन प्रणाली सम्बन्धी ३ दिने अभिमुखीकरण
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा बीउ बिजन उत्पादन, आपुर्ती तथा व्यवस्थापन निर्देशिका, २०७८ तथा विद्युतीय बीउ बिजन प्रणाली सम्बन्धि ३ दिने अभिमुखीकरण...
शिर्षक एक खर्च अनेकमा खार्पुनाथ पालिका, ७ लाख अनियमित हुदा २९ लाख असुल गर्नुपर्ने
सिमकोट । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकाले फरक शिर्षकमा मनोमानी खर्च गरी वार्षिक लाखौं रकम अनियमितता गरेको छ। महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको...
सर्केगाड गाउँपालिकामा १ करोडको आर्थिक अनियमितता, दरबन्दी बढीका कर्मचारीलाई तलब
हुम्ला । हुम्लाको मध्ये भेगमा पर्ने सर्केगाड गाउँपालिकाले १ करोड बढी रकम अनियमित गरेको छ। महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आ.व २०८०/०८१ को...
हुम्लामा खाद्यान्नको मूल्य घट्यो, चिनी अझै सस्तो हुँदै
सिमकोट। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हुम्लाले खाद्यान्नको मूल्यमा समायोजन गर्दै नयाँ दर सार्वजनिक गरेको छ। सोमबारदेखि लागू हुनेगरी विभिन्न किसिमका...
मध्यरातमा कर्णाली प्रदेश सरकारको करिब ३३ अर्ब बजेट सार्वजनिक(पूर्णपाठ सहित)
सुर्खेत। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मध्यरात...
जाउँ है पोखरा’ अभियानसहित कर्णालीमा पोखरेली होटल व्यवसायी, पर्यटन प्रवद्र्धनमा जोड
सुर्खेत । पोखराका होटल व्यवसायीहरूले ‘जाउँ है पोखरा’ अभियान लिएर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पर्यटन प्रवद्र्धनको नयाँ शुरुवात गरेका छन्। गण्डकी प्रदेश सरकार तथा...
सांसदलाई आरक्षण सिटको व्यवस्था गर्न प्रदेश सरकारले बनायो ऐन
सुर्खेत । कर्णाली प्रदेश सरकारले सांसदलाई आरक्षण सिटको व्यवस्था गर्ने ऐन बनाएको छ। "कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८१"...
सर्केगाड गाउँपालिका–३ का सम्पूर्ण विकास योजना समयमै सम्पन्न।
सर्केगाड, हुम्ला — २०८२ जेष्ठ ३१ गते सर्केगाड गाउँपालिका वडा नं. ३, उनापानी भित्र चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएका सम्पूर्ण १२ वटा...