हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएपछी जमिन जताततै सेताम्बे बनेका छ । बिहिबार बिहान मौसममा आएको बदलीपछि हावाहुरी सुरु भएसँग पुन हिमापात सुरु भएको छ ।
जिल्लाको माथिल्लो क्षेत्रमा यस वर्षको चैथो हिमपात भएको छ । आज बिहान १० वजेबाट जिल्लाको माथिल्लो क्षेत्र सिमकोट र नाम्खा गाउँपालिकामा हिमपात भैरएको छ । सिमकोटमा बिहानैबाट सुरु भएको हिम्पात यतिबेलासम्म जमिनमा एक दुई फिट सम्म हिउँ जमेको छ भने नाम्खागाँउपालिको लिमी, यारी, हल्जी, तील, हिल्सा चाला लगायतका गाउँमा तिन देखि चार फिट सम्म हिउ जमेको पाईउको छ । हिउँ पर्ने कार्य भने जारी रहेको छ । हिउँ पर्ने कार्य जारी रहेको कारण यो हिउँ धेरै पर्ने देखिएको छ । बाक्लो हिउ परेका कराण चिसो अत्याधिक बढेएको छ । चिसोका कारणले मानिसहरु घर बाहिर ननिस्कियो पाईयाको छ । पशु बस्तुलाई समेत घाँस र पानि खुवाउन मुस्किल भएको छ र आज दिन भर गोठमै राखिने भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएको भएपनि तल्लो क्षेत्रका चार गाउँपालिकामा कतै हिमपात त कतै बर्षा मात्रै भइ रहेको जानकारी प्राप्त भएको छ । चिसो अध्याधिक रुपमा बढेपछि मानबिय जन जीवन निकै कष्टकर बनाएको छ । अहिले जिल्लाको तापक्रम माइनस डिग्री सेल्सियसमा मा पुगेको छ ।
कर्णाली प्रदेश