२७ औँ भूकम्प सुरक्षा दिवस २०८१ सुरक्षाकर्मि र केही कर्मचारी बिच मनायो

हुम्लामा २७ औँ भूकम्प सुरक्षा दिवस सुरक्षाकर्मिले डेमाे देखाएर मनाएकाे छ । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा २०९० सालमा गएकाे भुकम्पकाे सम्झनामा २७ अैाँ भुकम्प दिवस हुम्ला जिल्लामा पनि सुरक्षा कर्मिकाे ठुलाे सहभागीमा डेमाे देखाउदै मनाएकाे छ ।

जिल्लामा समय समयमा आइरहने भूकम्पको जोखिमबाट जिल्लावासी तथा जिल्लामा निर्मित संरचनालाई जोगाउनका लागि भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ, भन्ने नाराका साथ सिमकाेट बजारमा ब्यानर, प्लेटकाट लिएर सुरक्षा कर्मि र रेडक्रस , जिल्लामा भुकम्प सम्बन्धित काम गर्ने निकायाकाे सहभागीमा दिवस मनाएकाे हाे ।

शुक्रबार भएकाे निर्णय व्यानार र प्लेकार्ड सहित विहान ११ बजे जिल्लास्थित सबै कार्यालय, संघ संस्थाका प्रमुखहरुको सहभागीतामा सिमकोट बजारमा प्रभातफेरी गरिने निर्णय भएको भए पनि सहभागी हेर्दा जिल्लामा भुकम्प दिवसकाे त्यदि साचाे देखिएको छैन । जिल्ला प्रशासन कार्यालयबाट सुरु भएकाे प्रभातफेरि तल्लाे बजार झुपिरुख हुँदै माथिल्लो बजार बिचमा रहेकाे बालमन्दिर माध्यमिक बिद्यालयमा डेमाे देखाएर समापन भएकाे थियाे । प्रभातफेरी गरेर बाल मलमन्दिर माद्यामिक बिद्यालय चाैरमा नेपाल आर्मि ,ससत्र प्रहरी र नेपाल प्रहरीले कृतिम घटनामा आधारित भुकम्प आउदा के गर्ने , भुकम्पमा घाइते भएका मानिसलाई कसरी उदार गर्ने र कसरी स्वास्थ्य क्षेत्रमा पुगाउने लगाएतका क्रियाकलाप देखाएर दिवस मनाएकाे हाे । दिवस मनाउनकाे मुख्य उदेश्य भनेकाे भुकम्प आउनु भन्दा अगाडीनै आफुलाई बच्ने र बचाउन सहयाेग पुगहाेस् भने हेतुले डेमाे सहित दिवस मनाएकाे रेडक्रस जिल्ला सभापति गर्णेश महतले बताए । त्यस्तै उनले भने नेपालमा तीन वटै तहबाट यस्तो कार्य हुनु जरुरि देखिएकाे बताउदै स्थानीय सरकारकाे भुमिका ठुलाे हुने भएपनि खासै चासाे नदेखिएको जनाए ।

२७ औँ भूकम्प सुरक्षा दिवस २०८१ को लागि तयार गरिएको नारामा केन्द्रित भएर सिमकोटमा प्रभाकारी दिवस मनाएकाेमा सम्पुर्ण सहभागीलाई प्रमुख जिल्ला अधिकारी नारायण पान्डेले धन्यवाद समेत दिएका थिए । त्यस्तै भुकम्प कति बेला जान्छ ,कहाँ जान्छ कसैलाई थाहा नहुने हुदा भुकम्प प्रभावित बाट न्युनिकरण र जाेगाउन डेमाे देखाउदै नेपाल सरकारले बनाएकाे नारा सहित दिवस बनाउदा नागरिकलाई केही सहयोग पुग्ने भनेर दिवस बनाएकाे जनाए ।
दिवसमा ठुलाे संख्यामा तीन वटै तहका सुरक्षाकर्मी , शिक्षक , जिल्लामा भएका भुकम्प सम्बन्धित काम गर्ने निकायाका प्रमुख , रेडक्रस प्रमुख , संचार कर्मिकाे सहभागी थियाे ।