सिमकोट गाउँपालिका वडा नं ७ का १४ घरधुरीका २५ जना नेपाली काँग्रेस प्रवेस गरेका छन् । उनीहरुले नेकपा माओवादी केन्द्र परित्याग गरी हरिबहादुर शाहीको नेतृत्वमा नेपाली काँग्रेस प्रवेस गरेका हुन ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिको आयोजनामा सिमकोट गाउँपालिका वडा नं ७ मा संचालन भएको कार्यक्रममा उनीहरुले आज सुक्रबार नेपाली काँग्रेस प्रवेस गरेका हुन । जतिवेल देशमा संकट आइ पर्छ त्यतिवेला नेपाली काँग्रेसको देशमा आवश्यक्ता पर्छ, आफु २१ वर्ष सम्म माओवादीमा रही काम गरेको भए पनि माओको सिदान्त विपरितका काम भएकोले आफु स्वत स्फुर्तरुपमा नेपाली काँग्रेसमा प्रवेस गरेको हो । न कि कसैको वकाउ धाक धाम्की डरमा त्रास नभइ आफ्ना देश विदेशमा रहेका आ आफन्त पार्टी पंक्तीलाइ सर सल्लाह गरी नेपाली काँग्रेस प्रवेस गरेको हरिवहादुर शाहीले बताए ।
प्रवेस गर्नेमा नरेन्द्रबहादुर शाही, हरिवहादुर शाही, ओब्जन शाही, खुमबहादुर शाही, रामराज शाही, प्रकास शाही, धनबहादुर शाही, धनकला सिंह, धुपी शाही, कलसरा शाही, धौली शाही, बासतोला शाही, सुस्मिता शाही, भाग्यस्वरी शाही, कमला शाही, इन्द्रा शाही, विन्दु शाही, भोटे शाही, किस्न बहादुर शाही, हाँसा शाही, विस्न शाही, मैकला शाही र डवल सिंह रहेका छन् ।
सो प्रवेस कार्यक्रम नेपाली काँग्रेस सिमकोट गाउँपालिका वडा ७ का इकाइ सभापती वलविर शाहीको अध्यक्षता र नेपाली काँग्रेस हुम्ला जिल्लाका पुर्व सभापति एव कर्णाली प्रदेश सदस्य जयपति रोकायाको प्रमुख आतिथ्य, कर्णाली प्रदेश सदस्य पदमबहादुर लामा र जनकबहादुर शाही, कार्यवाहक सभापति कैलास भण्डारी, सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया, महाधिवेसन प्रतिनिधि बबिता शाही, सविता बुढा लगात नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता शुभेच्छुक संस्था संगै भातृ तथा भगेनी संस्थाका प्रमुख एव प्रतिनिधिको उपस्थित रहेको हो ।