हुम्लामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएकाे । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा शुक्रबार बसेको बैठकले हुम्लामा पनि माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउन लागेकाे जानकारी दिए ।
जिल्लामा समय समयमा आइरहने भूकम्पको जोखिमबाट जिल्लावासी तथा जिल्लामा निर्मित संरचनालाई जोगाउनका लागि भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ, भन्ने नाराका साथ माघ दुई गते उक्त दिवस मनाइने भएकाे छ । जिल्ला प्रशासनमा सरोकारवाला निकाय उपस्थितमा बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ ।
उक्त निर्णय २ गते व्यानार र प्लेकार्ड सहित विहान ११ बजे जिल्लास्थित सबै कार्यालय, संघ संस्थाका प्रमुखहरुको सहभागीतामा सिमकोट बजारमा प्रभातफेरी गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जनाए । जिल्ला प्रशासन कार्यालयबाट सुरु हुने प्रभातफेरि कार्याक्रमको संयोजक पूर्वधार विकास कार्यालयले गर्ने भएको छ । त्यसैगरी माघ २ मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा कार्यालय, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रश सोसाइटी, गैरसरकारी संस्था महासंघ, निर्माण व्यवसायी महासंघ लगायतका कार्यालय एवम् विभिन्न संघ संस्थाको संयुक्त सहभागीतामा भूकम्पमा आधारित कृतिम घटना अभ्यास गर्ने, २७ औँ भूकम्प सुरक्षा दिवस २०८१ को लागि तयार गरिएको नारामा केन्द्रित भएर सिमकोटमा प्रकाशीत सञ्चालीत पत्रपत्रिका, रेडियोहरुलाई खानेपानी, सिचाइ तथा उर्जा विकास कार्यालयसँग समन्वय गरी माघ महिनाभरी भूकम्प सुरक्षा सम्बन्धि विभिन्न सन्देशहरु प्रचारप्रसार गर्ने निर्णय भएको प्रशासन कार्यलयका सुब्बा लाेकेन्द्र शाहीले बताए ।
२७ औँ भूकम्प सुरक्षा दिवस २०८१ को लागि तयार गरिएको नामा केन्द्रित रहेर सिमकोटमा सञ्चाली रेडियोहरुले सामाजिक विकास कार्यालयसँग समन्वय गरी माघ २ मा रेडियो सम्वाद अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, जिल्लाका सातवटै स्थानीय तहरुसँग समन्वय गरेर भूकम्पको जोखिमबाट मानवीय तथा भौतिक संरचना बचाउन स्थानीय तहमा तालिम, कार्यक्रम सञ्चालन गर्ने, तालिम कार्यक्रमका लागि जिल्लास्थित सुरक्षा निकाय र नेपाल रेडक्रश सोसाइटी एवम् अन्य सरोकारवाला संघसंस्थाले व्यवस्थ गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ । आजै भएको बैठक जिल्लाका तिनै तहका सुरक्षा निकायाका प्रमुख , विभिन्न संघ संस्थाका प्रमुख , रेडक्रस प्रमुख , संन्चारकर्मि लगाएतकाे सहभागी थियाे ।