सर्केगाड बजारमा सडक लथालिङ्ग भएपनि सवार गर्नु पर्ने बाध्यता

oplus_0

हुम्लाको मध्य क्षेत्रकाे सर्केगाड गाउँपालिका राष्ट्रिय सडक मार्गमा जाेडिएकाे करिब एक बर्ष पुग्दा पनि सर्केगाड बजारमा सडक लथालिङ्ग भएपनि सवार गर्नु पर्ने बाध्यता रहेकाे छ । जिल्लाकाे मध्य बिन्दुमा रहेकाे सर्केगाड गाउँपनलिकाकाे केन्द्र सर्केगाड बजारकाे सडक साँगुरो , जताततै सडकमा पानी ,अफ्ट्यारो हुदा पनि पुन निर्माणमा ध्यान नदिदा याे अबस्थामा पुगेकाे स्थानीय नागरिकले बताए ।

सर्केगाड बजारमा सान देखि ठुला ससवारी साधन दैनिक दिन आवत जावत गर्दै आएकाे भएपनि सडककाे स्तर उन्नतिमा स्थानीय सरकारले चासाे नदिएकाे हुदा बजारकाे सडक लथालिङ्ग भए पनि सवार गर्नु पर्ने देखिएकाे छ ।

सर्केगाड बजार दुई भागमा बिभाजन भएकाे छ । बजारकाे बिजमा खाेलाे छ खाेलामा लगाएकाे काठेपुलकाे अबस्था र सडककाे अबस्था एउटै देखिन्छ । काठेपुलमा दुई पाङ्ग्रे सवारी साधन बाहेक अरु सवार गर्ने अबस्था छैन् । ठुला चार पाङ्ग्रे भन्दा माथिका सवारी साधन खाेला तरेर आवतजावत गर्दै आएका छन् । त्यस्तै सडक जताततै हिलाम्मे ,साँगुरो र जथाभावी गाडी पार्किङ गर्ने हुदा सवार गर्न झन् समस्या हुँदै आएकाे छ । सडक चाैडा र बिस्तार गर्ने गाउँपालिकाले चासाे राखे पनि त्याे अहिले सम्म बनाउन नसकेकाे गाडि चालककाे भनाइ छ ।

उक्त बजारमा जिल्ला बाहिरका ठुला सहर नेपालगन्ज ,सुर्खेत बाट यात्रु बस र मालबाहक ट्रक आउने गर्दैन । सवारी साधनलाई मात्र नभएर मानिसलाई पनि सडकमा हिड्न गाराे हुने गरेकाे छ । बजारकाे सडक जस्तो नभएर भर्खरै खन्न सुरु गरेकाे सडक जस्तो देखिन्छ । सदरमुकाम सिमकाेट पहिलाे बजार हाे भने दाेस्राे बजार सर्केगड पर्दछ । उक्त बजार ब्यबस्थापन देखि लिएर सडकाे स्थर उन्नतिमा स्थानीय सरकारले ध्यान दिनु जरुरी देखिएकाे छ ।