पहिलो पटक जिल्ला प्रशासनकाे हाता भित्र बाट हुलाक टिकट बिक्री बितरण सुरु

oplus_0

हुम्लाको जिल्ला प्रशासन कार्यलयले हुलाक टिकट जिल्ला प्रशासन कार्यलय हाता भित्र बाट बिक्री बितरण सुरु गरेकाे छ । हुलाक टिकट सेवाग्राहीहरुले सम्बन्धित कार्यलयबाट टिकट किन्न पनि टाडा हुने भएकाले किन्न नजाने र बजारमा किन्नदा १० काे टिकट १५ का दरले किन्ने जिल्ला प्रशासनमा थाहा भएपछि प्रमुख जिल्ला अधिकारी नारायण पान्डेले अब साेहि मुल्यमा हुलाक कार्यलय सँग समन्वय गरेर कार्यलय भित्रै बाट हुलाक टिकट दिने निर्णय गरेकाे प्र जि अ पान्डेले बताए । यसले गर्दा सेवाग्राही लाई पनि सहज हुने र भनेकाे समयमै टिकट पाउने भएपछि याे ब्यबस्था लागू गरेकाे जिल्ला प्रशासन कार्यलय हुम्लाले जनाए छ ।

जिल्लाकाे सदरमुकाम सिमकाेटकाे बजार दुई भागमा बिभाजन छ । विमानस्थल तल र माथि बजार छ । तलल्लाे बजारमा त्यति मानिसकाे चहलपहल हुदैन र माथिल्लो बजारमा भिडभाड र ठुला कार्यलय यतै हुदा महगो परेपनि बजार बाट हुलाक टिकट किन्ने प्रबिधि थियाे । उक्त प्रबिधिलाई अन्त्य गर्न र सहज रुपमा सेवाग्रहिले सेवा पाउन भन्ने हेतुले प्रशासनले आईतवार लेखी याे ब्यबस्था लागू गरेकाे हाे ।