प्रेस सेन्टर नेपाल हुम्लाकाे पाँचौं जिल्ला अधिवेशन बाट विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन

प्रेस सेन्टर नेपाल हुम्ला जिल्लाको पाँचौं जिल्ला अधिवेशन शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनले तिलसरा विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त अधिवेशन सर्वसहमतिबाट सम्पन्न भएको हो । जसको उपाध्यक्षमा भक्तराज ऐडी र सिर्जना विश्वकर्मा चयन भएका छन् । त्यस्तै सचिवमा अभिनाश लामा, सहसचिवमा दिनेश रावत र कमिलाल ऐडी र कोषाध्यक्षमा जय भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिपबहादुर विश्वकर्मा, छवाङ लामा, रुपबहादुर ऐडी, अमृत बोहोरा, प्रकाश शाही, धनजीत भण्डारी र यज्ञबहादुर शाही चयन भएका छन् ।

नयाँ कार्य समितिले प्रेस तथा पत्रकारिताको क्षेत्रमा स्थानीय स्तरमा देखिएका चुनौतीहरूको समाधानमा केन्द्रीत हुने प्रतिबद्धता व्यक्त गरेको छ । अध्यक्ष तिलसरा विश्वकर्माले आफ्नो नेतृत्वमा प्रेस सेन्टरलाई थप व्यावसायिक र जिम्मेवार बनाउँदै पत्रकारहरूको अधिकार र स्वतन्त्रतालाई प्रवद्र्धन गर्ने बताईन । उनले पत्रकारहरूको क्षमता विकास र स्थानीय समुदायसँगको सहकार्यमा जोड दिई अगाडि बड्ने बताईन ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले पत्रकारहरुले निष्पक्ष भएर पेशागत मर्यादा र आचारसंहितामा रहेर निष्ठाको पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सचिब अर्जुन बोहोराले हुम्लाको पत्रकारिता भर्खर टिन एजमा पुगेको छ यसलाई अनुभबी अभिभाबकको खाँचो छ ।  राम्रो र अनुभबि अभिभाबकले सहिबाटो हिडाउने हो भने हुम्लाको पत्रकारीताले जिल्लामा ठुलो परिबर्तन गर्ने  र अहिले प्रविधिको विकाससँगै पहिलेको पत्रकारिता र अहिलेको पत्रकारितामा परिवर्तन आएको उल्लेख गर्दै बोहोराले निष्ठाको पत्रकारिता नछोड्ना युवापस्तालाई आग्रह गरे ।
कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादीका जिल्ला सचिब धर्मराज बोहोरा(बिज्ञान)ले पत्रकारहरु मुलुकको चौथो अङ्ग भएकाले मुलुकलाई सही दिशातिर लैजानका लागि जनपपक्षीय पत्रकारिताको आवश्यकता रहेको औल्याए ।
प्रेस सेन्टर नेपाल हुम्लाका संयोजक तिलसरा विश्वकर्माको अध्यक्षता र प्रेस सेन्टर नेपालका केन्द्रीय सचिब अर्जुन बोहोराको प्रमुख अतिथ्यतामा माओबादी केन्द्रको पाटी कार्यालयमा संचालन भएको प्रेस सेन्टर नेपालको ५ औं अधिवेशनको उद्घाटन सत्रमा, नेपाल पत्रकार महासंघका  पुर्ब अध्यक्ष कर्ण रोकाया केन्द्रीय  महासंघ हुम्लाका सचिब नन्द सिंह, रेडियो कैलाशका निर्देशक जनकबहादुर शाहीसहितले  शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रेस सेन्टर नेपाल हुम्लाका निबर्तमान अध्यक्ष नरजंग तामाङको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव दिनेश रावतले गरेका थिए ।
यसैगरी आगामी माघ १५ गते हुने प्रेस सेन्टर नेपालको पाँचौँ महाधिवेशनका हुम्लाबाट मन्दिर सिंह र कबिराज कार्की महाधिबेशन प्रतिनिधिमा र नरजंग तामाङ, भिमबहादुर परियार र राजेन्द्र नेपाली दमाई प्रदेश प्रतिनिधिमा सर्वसम्मत चयन गरेको छ ।

रेडियो कैलाश बाट साबार ।