सिमकाेट गाउँपालिकाले सात वटा कार्यविधि तथा प्रतिवेदन पास गर्दै दसैा गाउँ सभा सम्पन्न

oplus_0

सिमकाेट गाउँपालिकाले सात वटा कार्यविधि तथा प्रतिवेदन पास गर्दै दसैा गाउँ सभा सम्पन्न गरेकाे छ । आर्थिक बर्ष ८१ / ८२ मा हुने र भएका कामकाे प्रतिवेदन निकाल्दै गाउँ सभामा पारित भएकाे थियाे ।

गाउँपालिकाले दसैा गाउँ सभामा पारित भएका कार्यविधि जस्तै मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि,मर्मत संभारकाेष संचालन कार्यबिधि,परम्पारगत उपचार पद्धति कार्यविधि पारित गरेकाे थियाे भने त्यस्तै परम्परागत उपतार पद्धति सूचिकरण मापदण्ड,जनप्रतिनिधि , कर्मचारी स्वास्थ्य उपचार कार्विधि,मृत्युु संस्करण कार्य विधि र कृषि तथा पशु फम दर्ता कार्यविधि गाउँपालिकाले प्रस्तुत गरेकाे गाउँपालिका प्रबक्ता तथा वडा छ का अध्यक्ष नन्द रावतले बताए ।

गाउँपालिकाले गरेकाे दसैा गाउँ सभामा ८१/८२ मा गाउँपालिकाले गरेकाे भाैतिक प्रगति भने २५ प्रतिशत मात्र प्रतिवेदनमा उल्लेख गरेकाे छ । असार देखि अहिले सम्म गाउँपालिकाले गरेकाे प्रगति प्रति सिमकाेट गाउँपालिकाका आठ वटै वडा अध्यक्षले आपत्ति जनाएका थिए । अहिले सम्म गाउँपालिकाले भाैतिक प्रगति गर्न नसकेकाे र अब पाँच छ महिनामा कसरी बिकास हुन्छ भन्ने कुरामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सँग गुनाराे गरेका थिए । गाउँपालिकाले हरेक सभामा पारित गरेका निर्णय खासै लागू नभएकाे सदस्यहरुकाे गुनासाे रहेकाे छ ।

आठ वटै वडाकाे बिकासका लागि पारित भएका कार्यविधिमा सबै वडा अध्यक्ष देखि सदस्य सम्मले लागू गर्नु पर्ने गाउँपालिका अध्यक्ष विजय भन्डारिले बताए । सिमकाेट गाउँपालिका भरिनै पूरा भएका याेजना र अपुरा याेजनाकाे नाम प्रस्तुत गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उजिर राेकायाले प्रस्तुत गरेका थिए । गाउँ सभामा कार्यपालिका तथा वडा सदस्यले चित्त नबुझेकाे कुरा गर्दा गाउँपालिका उपाध्यक्ष सुसिला राेकायाले जवाफ दिएकी थिएनन् ।

सिमकोट गाउँपालिकामा कुल बजेट ५३ करोड, ३२ लाख, ३५ हजार, एक सय, दश रुपैयाँ, १९ पैसाको हालसम्म २५ प्रतिशत खर्च भएको सभामा प्रस्तुत गरेकाे थियाे । साथै २०७३÷०७४ देखि आर्थिक वर्ष २०८०÷०८१ सम्म नौ करोड, तीन लाख, ७४ हजार, ६ सय रुपैयाँ बेरुजु भएको प्रतिवेदनमा उल्लेख गरिएकाे छ शुक्रबार भएकाे दसैा गाउँ सभामा आठ वटै वडाका जनप्रतिनिधिहरुकाे सहभागी रहेकाे थियाे ।

गाउँपालिकाले प्रस्तुत गरेका याेजना ७२ वटा रहेका थिए । उपस्थित जनप्रतिनिधिले पालै पालाे आफ्नाे धारणा राखेका थिए । गाउँ सभा बिहान ११ बजे जिल्ला समन्वयकाे सभा हलमा भएकाे थियाे ।