दसै गाउँसभामा ८ महिनाकाे बच्चा सहित वडा सदस्य उपस्थित

oplus_0

सिमकाेट गाउँपालिकाकाे दसै गाउँ सभा जनप्रतिनिधि बिज गाउँ सभा सम्पन्न भएपनि ८ महिनाकाे बच्चा बाेकेर वडा ८ कि वडा सदस्य जसपुरी कामी भने केही नपुझे पनि वडा बाट जानू पर्छ भने पनि चिसाेमा बच्चा बाेकेर आउनु बाध्य भएकाे सदस्य कामीकाे भनाइ छ ।

आफू आए पनि कुनै कुरा नबुझ्ने भएपनि बाध्यताले बच्चा बाेकेर आएकाे बताइन् । उनले भनिन् आफुलाई गाउँपालिकाले भनेकाे र गरेकाे कुरा खासै थाहा नहुने त्यहि पनि आउनु परेकाे छ । दसै गाउँ सभामा सम्पुर्ण जनप्रतिनिधिकाे सहभागी थियाे । सिमकाेट गाउँपालिकामा ८ वडा छन् सबै जनप्रतिनिधि उपस्थित छैन् । बच्चा बाेकेर चिसाेमा नआउदा केही नराम्रो हुने हाेकि भनेर उपस्थित हुनु परेकाे छ । बिहान ६ बजे वडा ८ बाट हिडेर बच्चा सहित उपस्थित भएकि छन् । उनले गाउँपालिकाले के गरेकाे छ उपस्थित नहुदा के हुन्छ भन्ने थाहानै पाएकि छैन्। उनले गाउँपालिकाकाे गाउँ सभामा प्रश्नपनि गर्न सक्दिनन् । उनी दिन भरि चिसाे जिल्ला समन्वयकाे हलमा बच्चा सहित बसेकि छन् । चिसाे र पुसकाे महिना भएकाले बच्चालाई चिसाेले असर पार्ने देखिन्छ ।