हुम्लाको सिमकोटबाट सुरु भएको १९ दिन पछि सुर्खेतमा पुगेर टुङगीएको यात्रामा हुम्ला, बाजुरा, कालिकोट, दैलेख र सुर्खेत जिल्लाका बिभिन्न गाउँबस्तिका नागरिकले गरेको अगाध माया, प्रेम,स्नेह अनि न्यानो स्वागत र नागरिक अभिनन्दनले छर्लङग पारेको छ कर्णाली र काँग्रेसको लागि जीवन बहादुर शाही नेता र नेतृत्व मात्र नभई बिचार हुन भन्ने यहि बिचार नै हो “जीवनपथ” ।
नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्यसमेत रहेकाकर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवन बहादुर शाही सत्य र न्याय प्राप्ति पछि हुम्लाको सदरमुकाम सिमकोट देखि सुर्खेतसम्म थालिएको कर्णाली बिशेष अभियानले जीवन बहादुर शाही को हुन ? भन्ने चिनाएको छ । जनता र काँग्रेसजनबाट पाएको माया, स्नेह र मत अनि स्वागत र सम्मानबाट अभिभारा र अवसर थपेको छ । नेपाली काँग्रेस कर्णाली प्रदेशलाई मात्र होईन सिंगो केन्द्रीय पार्टीमा उर्जा भरेको र अझै सुदृढ हुने अबस्था सिर्जना भएको छ । कर्णाली र काँग्रेसको लागि जीवन बहादुर शाही नेता र नेतृत्व मात्र नभई बिचार हुन भन्ने पुष्टि भएको छ । जीवनपथ के हो स्पष्ट भई कर्णाली र काँग्रेसको लागि मार्ग चित्र तय भएको छ ।
के हो त जीवनपथ ?
१) जीवनी (Biography) :– मेरो जीवन नै मेरो सन्देश (My Life is My message) र मेरो जीवन नै मेरो नियम (My Life is My rule) भनेर संघर्ष, सफलता र संगठन देखिएको छ ।
२) राष्ट्रियता :– हुम्लाको लिमी लाप्चामा रहेको सीमा स्तम्भ एकतर्फी मर्मत गरेको, हिल्सा र कीट क्षेत्रका सीमा स्तम्भलाई एकतर्फी घेरबार गरेको र गत्पुदोसा लोलुङजोङ क्षेत्रका भूमि मिचेको कुरा बाहिर ल्याएर चीन र नेपालको सीमा बिबादलाई अन्तराष्ट्रियकरण गर्नु भएको छ ।
३) समाजबाद :– समाजको हित र समृद्धिमा लागेर बितरणमुखी भन्दा उत्पादनमुखी क्रियाकलापमा जोड दिनु भएको छ ।
४) लोकतन्त्र :– जनताको प्रतिनिधि भएर जनपक्षीय काम गरेको र शासक हुदा पनि सेवक भएर काम गर्नुपर्छ भनेर लाग्नु भएको छ ।
५) सत्य :– जिवनको हरेक कालखण्डमा उठने मुद्दा र उठाउने एजेन्डाहरूमा सत्य साबित हुनु भएको छ । न्याय र निकासका लागि लडनु भएको छ ।
६) बिकास :– बिकासवादी नेताको छवि बनाएर कर्णालीको बिकासको लागि ६ “ब“ ( बाटो, बिजुली, बिचार, बजार, बन र ब्यबस्थापन ) को शुत्रपात गर्नु भएको छ । जस्तै नेपाली कांग्रेसका नेता जीवन बहादुर शाहीले प्रतिपादन गरेका “६ ब“ (बाटो, बिजुली, विचार, बन, बजार, र व्यवस्थापन) कर्णाली प्रदेश सहित समग्र नेपालको विकास र समृद्धिका लागि यी “६ ब“ लाई अंगालेर अगाडि बढेको खण्डमा सिंगो राष्ट्रसंगै कर्णाली जस्ता विकट र पछाडि परेका क्षेत्रहरूको आर्थिक, सामाजिक, र पूर्वाधार विकासलाई गति दिनका लागि कार्यनीतिहरू हुन् ।
- बाटो : यातायातको सहज पहुँचको सुनिश्चितता शाहीले कर्णाली जस्ता विकट क्षेत्रहरूमा सडक सञ्जालको विकास र पहुँचलाई प्राथमिकता दिनु पर्ने बताउँछन्, ताकि ग्रामीण क्षेत्रलाई मुलधारको अर्थतन्त्रसँग जोड्न सकियोस् ।
- बिजुलीः विद्युत् आपूर्तिमा सुधार, उनले ऊर्जा स्रोतहरूको विकास, विशेषगरी जलविद्युत् परियोजनाहरूको प्रवद्र्धन गरेर ग्रामीण क्षेत्रमा बिजुलीको पहुँच वृद्धि गर्न जोड दिएका छन् ।
- विचारः जनचेतना र शिक्षा, शाहीको विचारमा शिक्षाको स्तर उकास्नु र जनचेतना अभिवृद्धि गर्नु प्रदेशको विकासको लागि आधारभूत कुरा हो । सशक्त मानव संसाधनको विकास बिना आर्थिक र सामाजिक परिवर्तन सम्भव छैन ।
- बन : वन जोगाउन र दिगो प्रयोग गन, कर्णालीमा प्राकृतिक स्रोतहरूको दिगो उपयोग र संरक्षणमा जोड दिएर वन संरक्षण, वन व्यवस्थापन, र वातावरणीय सन्तुलन कायम गर्नुपर्ने शाहीको धारणा हो ।
- बजार : कृषि र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, स्थानीय स्तरमा उत्पादित सामग्रीहरूलाई बजारसम्म पुर्याउने र किसानलाई उचित मूल्य प्रदान गर्न व्यवस्थित बजार व्यवस्थापनको खाँचो रहेको उनको दृष्टिकोण छ ।
- व्यवस्थापनः स्रोतहरूको सही र दिगो व्यवस्थापन, शाहीको विचारमा कुनै पनि क्षेत्रमा दिगो विकास र प्रगति हुने भए, स्रोतहरूको उचित व्यवस्थापन र परिचालन जरुरी छ । यी ६ “ब” कर्णालीको आर्थिक, सामाजिक, र पूर्वाधार सुधार गरी समृद्धि ल्याउने दिशामा शाहीले अघि सारेका प्रमुख एजेन्डाहरू हुन्.
मंसिर २६ गते गृह जिल्ला हुम्लाको सदरमुकामबाट जिल्लाका खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताजाँकोट लगयातका गाउँपालिका हुँदै कर्णाली करिडोर अन्तरगत पर्ने बाजुरा, कालिकोट, दैलेख र सुर्खेतका बिभिन्न बस्तीहरु भएर पौष १३ गते कार्य क्षेत्र सुर्खेतको वीरेन्द्रनगरमा पुग्दासम्म हुम्लाको खर्पेलगाउँमा जन्मिएको एक हुम्लीको छोरा जो कर्णाली प्रदेशका जनताको ढुकढुकी बन्ने पक्कै त्यति सजिला थिएन, नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं पुर्वमुख्यमन्त्री जीवन बहादुर शाहीलाई यति मात्र नभई २०५५ सालमा हुम्लालाई राष्ट्रिय सडक संजाल संग जोड्ने कुरा कल्पना पनि गर्न सकिदैन थियो । त्यो अबस्थामा जिल्लालाई चिनको स्वशासित क्षेत्र तिब्बत सँग नाका जोडि बामे सर्न पनि नजानेको हुम्लाको बिकासलाई बामे सर्न सिकाउने ध्येयका साथ हिल्साबाट २२ बर्ष अगाडी तत्कालिन जिल्ला विकास समितिका सभापती जीवन बहादुर शाहीले सुरुवात गरेएको हिल्सा देखि सिमकोट मोटर बाटा र कवाडि सरिसल्ला घोरेटो बाटोे अहिले आएर कर्णाली करिडोरका रुपमा भारत र चीन जोड्ने त्रिदेशीय सडक बनेको छ । यसले हुम्लालाई मात्र होईन सिंगो कर्णाली प्रदेशको बिकासमा सिधै कनेक्सन (हिल्सा –जमुनाह सडक) उत्तर दक्षिण रोड मार्फत चिनको स्वशासित क्षेत्र तिब्बत देखि भारतीय सिमाबर्ती शहर रुपैडिया भएको छ । यो सडकले एकैसाथ चिन र भारत संग सम्बन्ध स्थापित भई दोहोरो फाईदा हुने देखिन्छ ।
यिनी सबै कुराले हुम्लासंगै कर्णालीलार्ई अझै महत्वाकांक्षी र जिम्मेवारी बढेको छ । यदी हामी हुम्लीले यो नेतृत्वको सम्मान गर्न सकेनौं भने एकदिन हामी कर्णालीबासीलाई यसको पाप लाग्ने छ । कर्णालीले मात्र होईन सिंगो राष्ट्रले हामी हुम्लिलाई धिर्क्काने छ । कर्णालीमा मात्र होईन राष्ट्रमै यस्तो नेतृत्व जन्माउन अब सर्यौं बर्ष पर्खनु पर्ने हुम्लाका सामाजिक अभियान्ताहरुको भनाई छ ।
रेडियो कैलाश साबार