खारामेला सुख्खा पहिराे जादा करिब ६ घण्टा कर्णाली काेरिडाेर संचालनमा बन्द

oplus_0

कर्णाली काेरिडाेर भित्र पर्ने सर्केगाड गाउँपालिका वडा ६ काे खारामेला सुख्खा पहिराे जादा करिब ६ घण्टा कर्णाली काेरिडाेर संचालनमा राेकिएकाे छ । मंगलबार राति खारा मेलामा करिब १ सय मिटर दुरिमा सुख्खा पहिराे गएपछि ६ घण्टा जति सवारी साधनहरु ठप्प बन्द भएकाे थिए। सुर्खेत ,नेपालगन्ज ,मुगु र जिल्ला भित्र ,चंखेली,सर्केगाड,अदानचुली ताजाकाेट गाउँपालिका बाट सिमकाेट र खार्पुनाथ गाउँपालिका सम्म आउने मालबाहक ट्रक ,यात्रु ,बस ,बाेलेराे जिप, ट्रयाक्टर र माेटरसाइकल त्यस्तै जिल्ला बाट बाहिर अन्य गाउँपालिका जाने यात्रुलाई सास्ती हुनुका साथै समयमै आफ्नाे गन्तव्य सम्म जान कठिनाइ भएकाे यात्रुकाे गुनासाे गरेका छन् । उक्त स्थानमा सुख्खा पहिराे सधै जाने भएकाे हुदा काम गर्न पनि असजिलो भएकाे सडक निर्माणका प्रतिनिधिकाे भनाई छ । राति १ बजे तिर आएकाे सुख्खा पहिलाे पन्छाउन करिब २ घन्टा लागेकाे थियाे । उक्त सडक बन्द हुदा करिब १७ वटा यातायातका साधन राेकिएका थिए ।
उक्त पहिराे जाने सडकमा एक लेनकाे सडक निर्माण भएकाे छ , दुई लेनकाे भए पहिलो गएपनि त्यति असर नपर्ने यात्रामा भएका डिभिजन बन कार्यलय हुम्लाका निमित्त कार्यलय प्रमुख लाेकजंग शाहीले बताए । अरु ठाउँ नभएपछि पहिराे जाने स्थानमा अनिवार्य दुई लेनकाे सडक निर्माण गर्नु जरुरी देखिएकाे जनाए ।
सडकमा पहिरो गहिरने भएकाले एक जना चाैखिदार जस्तै राख्नु परेकाे सडक निर्माणका प्रतिनिधि लक शाहीले बताए । शाहीका अनुसार दुई दिनकाे फरकमा सडक सफा गरिरनु पर्ने भएकाे दुख्ख पाेखे , त्यस्तै सफा नगरे यातायात बन्द हुन्छ विभिन्न निकाया बाट सफा गर्नु पर्ययाे भनेर नराम्रो जबाफ आउने हुदा पनि सहनु पर्ने जनाए । शाहीले लिएकाे सडक अब थाेरै स्थानमा केही बनाउन बाँकि छ ।