पुर्ब मुख्य मन्त्री शाही द्वारा अदानचुलि गाउँपालिकाका विभिन्न याेजना स्थलगत अनुगमन

oplus_0

दक्षिणी क्षेत्रकाे अदानचुली गाउँपालिका भित्रका निर्माण भएका र निर्माण गर्न बाँकि सडक देखि लियर भवन सम्म स्थलगत अनुगमन गरिएकाे छ । स्थलगत अनुगमन कर्णाली प्रदेश पुर्ब मुख्य मन्त्री जीवन बहादुर शाही , कर्णाली प्रदेश खाने पानी मन्त्री बिजया बुढा, अदानचुली गाउँपालिका अध्यक्ष माेहन बिक्रम सिंह, सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर राेकमया र स्थानीय जनप्रतिनिधिकाे सहभागीतामा सनिवार बिहान ८ बजे देखि १ बजे सम्म गाउँपालिका भित्र पर्ने वडा ५ काे कुकुर फाल्ना पावर हावस , गल्बा देखि कालागाड सम्मकाे सडक अनुगमन गरिएकाे छ ।

त्यस्तै सल्लाघारी नमुना माध्यमिक बिद्यालय , बन्दै गरेकाे वडा ५ काे वडा कार्यलयकाे भवन,वडा ६ मा पर्ने काला गाड देखि लमइ , पाल्स जाने निर्माणधिन सडककाे अनुगमन गरेकाे पुर्ब मुख्य मन्त्रीका मुख्य स्वकीय सचिव राज बहादुर राेकायाले बताए ।

उक्त स्थान अनुगमन गर्दा कुनै स्थान निर्माण भएर संचालनमा छन् भने कुनै निर्माणधिन रहेकाे हुदा अब आउने दिनमा त्यसलाई अगाडि बडाउन आफू लागि पर्ने पुर्ब मुख्य मन्त्री शाहीकाे भनाइ छ । त्यस्तै संघ देखि प्रदेश सम्म अदानचुलिकाे मात्र नभएर हुम्लाको बिकासमा लागि परिरहेकाे अझै लाग्ने पुर्ब मुख्य मन्त्री शाहीले जनाए । निर्माणधिन काला गाडकाे सडककाे पनि अब चाडै अगाडि बडाउनु पर्ने पुर्ब मुख्य मन्त्री शाहीले पुर्ब धार बिकास कार्यलयका कार्यलय प्रमुख नरेश जैसीलाई भनेका छन् ।

त्यस्तै खाने पानी मन्त्री बुढाले आफुपनि अदानचुलीकै बासि भएकाे हुदा बिकासमा लागि पर्ने बताएकी छन् । अदानचुलिकाे बिकासमा धेरै सहयोग गरेकाे अझैपनि सहयाेगकाे अपिक्षा राखेकाे गाउँपालिका अध्यक्ष सिंहकाे भनाइ छ । पुर्ब मुख्य मन्त्री शाही सिमकाेट देखि तलकाका पाँच वटा गाउँपालिकाका नागरिकलाई भेटघाट गर्न आएका थिए