अदानचुलि गाउँपालिकामा नेपाली काग्रेस पाटि कार्यलय बिपि स्मृति भवन उद्घाटन

oplus_0

अदानचुलि गाउँपालिकामा नेपाली काग्रेस पाटि कार्यलय बिपि स्मृति भवन उद्घाटन गरिएकाे छ । सहरी बिकास मन्त्रालयकाे आर्थिक सहयाेगमा निर्माण भएकाे भवन पुर्ब मुख्य मन्त्री जीवन बहादुर शाहीकाे बाउली बाट शुक्रबार उद्घाटन गरेकाे नेपाली काग्रेस अदनचुली गाउँपालिका सभापति बिष्नु भन्डारीले बताए । भवन दुई काठे आरसिसि रहेकाे छ ।

शुक्रबार बिहान पुर्ब मुख्य मन्त्री शाहीले भवनकाे रिबन काटेर उद्घाटन गरिएकाे हाे । भवन नहुदा भाडाकाे घरमा बस्दै आएकाे हुदा आर्थिक भारले सताउने कार्यबाट अदानचुलि नेपाली काग्रेसले मुक्त पाएकाे सभापति भन्डारीले जनाए ।

भवन उद्घाटन भएर सुचारू भएकाे छ । पुर्ब मुख्य मन्त्री शाहीकाे प्रमुख अथितिमा उद्घाटन भएकाे भवनले अबकाे दिन काग्रेसकाे मास र काग्रेस जनले दुख्ख नपाउने देखिएकाे छ ।

भवन मात्र नभएर भवनकाे सदुपयोग गर्नु पर्ने र सँगै भवन जस्ताे छ त्यस्तै काग्रेस हुनु पर्ने पुर्ब मुख्य मन्त्री शाहीले सुझाव दिए । भवन उद्घाटनमा पुर्ब मुख्य मन्त्री शाही , खाने पानी मन्त्री बिजया बुढा, सभापति भन्डारी , गाउँपालिका अध्यक्ष माेहन बिक्रम सिंह, कर्णाली प्रदेश काग्रेस प्रबक्ता दमन शाही पुर्ब पाटि सभापति जयपति राेकाया, उपसभापति कैलाश भन्डारी ,बसन्त राेकाया , सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर राेकाया ,नेकपा एमालेका प्रतिनिधि ,माओवादी केन्द्रका प्रतिनिधि , सुरक्षाकर्मि, पत्रकार र काग्रेस जनकाे सहभागी रहेकाे थियाे ।