दक्षिणी क्षेत्रमा पर्ने अदानचुलि गाउँपालिकाले पहिलाे पटक प्रथम अदानचुलि संस्कृतिक तथा पर्यटकीय महाेत्सव २०८१ सम्पन्न गरेकाे छ।
गाउँपालिकाले पहिलाे पटक संस्कृतिक जाेगाउन र गाउँपालिकाकाे महत्त्व बाेकेकाे कुरालाई बाहिर ल्याउनकाे लागि महाेत्सव गरेकाे गाउपालिका अध्यक्ष महाेन बिक्रम सिंहले बताए । दुई दिन सम्म संचालन भएकाे महाेत्सवमा कर्णाली प्रदेशका पुर्ब मुख्य मन्त्री जीवन बहादुर शाही प्रमुख अथिति र कर्णाली प्रदेश सिचाइ मन्त्री बिजया बुढाकाे विशेष अथितिमा संचालन भएकाे प्रथम अदानचुलि संस्कृतिक तथा पर्यटकीय महाेत्सव २०८१ मा गाउँपालिका भित्रका बिकास देखि निकास सम्मका बिषय बस्तु त्यस्तै पुरानै देउडा ,मागल,चम्पा देखाएर भब्यरुपमा दुई दिन सम्म संचालन भएकाे महाेत्सव सम्पन्न भएकाे हाे ।
महाेत्सवमा देउडा खेलाडी जिल्ला बाहिर बाट बिपना सिंह र जिल्लाका बनकला जैसि अमृत कुमार अनुमल , युबराज भन्डारी लगाएतकाे टिम सँगै गाउँपालिका भित्रका स्थानीय देउडा टिमकाे सहभागी थियाे भने गाउँपालिकाकाे आर्थिक सहयाेमा महाेत्सव संचालन भएकाे थियाे । शुक्रबार देखि संचालन भएकाे महाेत्सवकाे पुर्ब मुख्य शाहीले ब्यानर पढेर, दियाे बालेर महाेत्सवकाे उद्घाटन गरेका थिए । अदानचुलि गाउँपालिकाकाे श्रीनगरमा सँचालन भएकाे महाेत्सवमा सिचाइ मन्त्री बुढाले मेराे घर पनि यतै हाे , म अहिले बालवाला मन्त्री हु म बिकासमा सधै लागि पर्ने र अब गाउँमा के समस्या छ , त्यसलाई मध्यनजर गर्ने बताइन् । महाेत्सवका प्रमुख अथिति तथा पुर्ब मुख्य मन्त्री शाहीले भने दाेमुख लाई खर्पुनाकाे शिव मन्त्री जस्तो बनाउने, गाउँपालिकालाई पर्यटन प्रबन्धन्न गर्ने ,शिक्षा, स्वास्थ ,सडक निर्माणमा संघ तथा प्रदेशमा पहल सँगै बिकासमा लाग्ने प्रतिबद्धता गरे ।
त्यस्तै गाउँमा याेजना ल्याउदा किनेकाे हु भनेर फुर्ती लगाउने जस्ता कुरा बाहिर आउने भएकाले यसमा संघ,प्रदेश तथा स्थानीय सरकारले ध्यान दिएर यस्ता ब्यक्ति खाने र किन्ने लाई कारबाही गर्नु पर्ने जाेट दिदै बिकासमा आफ्नाे र पराइ भन्दा पनि बिकास अगाडि बडाउनु पर्ने जाेट दिए । शुक्रबार बार संचालन भएकाे महाेत्सवमा जिल्ला देखि जिल्ला बाहिरका नागरिकाे सहभागीता रहेकाे थियाे । विभिन्न संस्कृतिक कलागला र हुड्के नाच देखायर महाेत्सव गरिएकाे थियाे । महाेत्वसमा सहभागी हुने देउडा खेलाडि देखि लिएर प्रमुख अथिति, अथिति लाई प्रमाणपत्र र मायाकाे चिनाे , क्रमस पुर्ब मुख्य मन्त्री शाही , मन्त्री बिजया बुढा,गाउँपालिका गाउँपालिका अध्यक्ष सिंह लगाएतले हस्तान्तरण गरेका थिए । बिकास र निकासका लागि सधैं लागि परिरहेकाे कुरा यथार्थ छ , यसलाई विभिन्न कुरामा अपुक भयाे हाेला तर यसमा बाधा अबुरुद्ध गर्ने खाेज्ने धेरै भएपनि यसलाई निरन्तर अगाडि बडाएकाे हुदा साथ सपाेट दिने सम्पुर्णमा गाउँपालिका अध्यक्ष सिंहले धन्यवाद दिए ।
अध्यक्ष सिंहले भने याे पहिलाे महाेत्सवले गाउँपालिकाकाे हरेक राम्रा कुरा बाहिर जाने र गाउँपालिकामा बिकासकाे पाटाे याे महाेत्सवले अगाडि बडाउने जनाए । त्यस्तै पुर्ब मुख्य मन्त्री शाही र मन्त्री बुढालाई याेजना मागकाे प्रतिबेदन पेस गरेका थिए । महाेत्सव गाउँपालिका अध्यक्ष सिंहकाे अध्यक्षतामा संचालन भएकाे थियाे । बाेल्ने बक्ताले अदानचुलि गाउँपालिका बिकास र याेजनाकाे सदुपयोग गर्न सिक्नु पर्ने र विभिन्न बाहानमा टीका टिप्पणी गरेर बिकासमा बाधा नपुर्याउन जाेट दिदै सुजाब दिए ।
महाेत्सवमा ६ वटा वडाका अध्यक्ष, नेपाली काग्रेस प्रमुख प्रतिनिधि नेकमा एमाले प्रमुख प्रतिनिधि , माओवादी केन्द्र प्रमुख प्रतिनिधि, सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर राेकाया , गाउँपालिका देखि वडाका जनप्रतिनिधि , कर्मचारी , कलकार नेपाली काग्रेसका कर्णाली प्रदेश प्रबक्ता दमन शाही , सुरक्षाकर्मि, पत्रकार र स्थानीयकाे ठुलाे मासकाे सहभागी रहेकाे थियाे ।