नेपाल पत्रकार महासंघ हुम्ला शाखाको नेतृत्वमा पत्रकार राजन रावत पुनः अध्यक्ष पदमा दोहोरिएका छन्। अध्यक्ष पदका अर्का प्रत्यासी नरजन तामाङ बिहीबार आफ्नो मनोनयन फिर्ता लिएपछि रावत नेतृत्वको सिंगो जिल्ला कार्य समिति सर्वसम्मत भएको हो।
निर्विरोध निर्वाचित नेपाल पत्रकार महासंघ हुम्लाको जिल्ला कार्य समितिमा अध्यक्ष अर्को कार्यकालका लागि रावत दोहोरिएका छन्।
त्यसैगरी उपाध्यक्ष (खुला) सुरेश परियार, उपाध्यक्ष (समावेशी) मा छपाल लामा सचिवमा नन्द सिंह, सह–सचिव (खुला) पदमराज हमाल, सह–सचिव (समावेशी) मा भक्तराज ऐडी र कोषाध्यक्षमा मन्दिर सिंह चयन भएका छन्।
त्यसैगरी, सदस्यहरूमा धनबहादुर भण्डारी, रतन रावत, मोहनसिंह बुढा, लक्ष कामी, लोग भण्डारी, ओभराज शाही, रत्न भण्डारी र अविनास लामा चयन भएका छन्।
त्यस्तै, केन्द्रीय प्रतिनिधि नवराज महतारा र निर्पराज हमाल तथा प्रदेश प्रतिनिधि मोतिलाल महतारा निर्वाचनले सर्वसम्मत चयन गरेको हो। जिल्ला निर्वाचन मण्डलले यसको औपचारिक घोषणा भने गर्न बाँकी छ। अब प्रदेश र केन्द्रीय कार्य समितिका लागि शुक्रबार मतदान हुनेछ।