पुर्बमुख्यमन्त्री शाही जिल्लामा आउने भएपछि भव्य स्वागत गर्दै

कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवन बहादुर शाहीलाई नेपाली काँग्रेस हुम्लाले भव्य स्वागत गर्ने तयारी गरेको छ । जिल्लामा एक वर्षपछि त्यो पनि वाईटबडी जहाजको खरिद प्रकरणमा अख्तियारले लगाएको आरोपमा बिशेष अदालतले सफाई दिएपछि अझै उत्साहित भएर जिल्लामा भव्य स्वागतको तयारी गरिएको हो ।

एक वर्षपछि कर्णाली प्रदेश सभाको ख नम्बर क्षेत्रका सासद समेत रहेका शाही जिल्लामा आउन लागेको अवसर पारी हुम्ला काँग्रेसले सिमकोट बिमानस्थल देखि शाहीले जिल्लावासीलाई सम्बोधन गर्ने कार्यक्रम स्थललाई रमणीय बनाउन लागिएको छ । नेपाली काँग्रेस कर्णाली प्रदेशमा संसदीय दलका नेता समेत रहेका शाहीको सर्मथनमा बिभिन्न नारा लेखिएका ब्यानर सिमकोट बजारमा छ्याप छ्याप्ती पार्ने कार्य समेत सुरु गरिएको छ ।

हुम्ला काँग्रेसले आफ्नै सबै नेता, कार्यकर्ता, जनप्रतिनिधि र सर्मथकलाई बुधवार बिान साँढे र्नौ बजे सिमकोट बिमानस्थलमा स्वागतका लागि उपस्थित हुन सुचना समेत जारी गरि सकेको छ । सिमकोट बिमानस्थलबाट शाहीलाई काँग्रेसको जुलुसले सिमकोट बजार परिक्रम गरेर मानसरोवर बहुमुखी क्यम्पस पुगेर नेता शाहीले सम्बोधन गर्ने कार्यक्रम काँग्रेसले तय गरेको नेपाली काँग्रेस हुम्लाका उपसभापति बसन्त रोकायाले बताए । काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य समेत रहेका शाहीको स्वागतका लागि सदरमुकाम सिमकोटमा तीन हजार मानिस उतार्ने तयारी काँग्रेसले गरेको छ ।